नेपाल हेल्थ न्युज, काठमाडौं । विराटनगर नोबेल शिक्षण अस्पताल, विराटनगरमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
इलामको सूर्योदय नगरपालिकाकी ३९ वर्षीया महिला मंगलबार बिहान नोबेल अस्पतालमा भर्ना भएकी थिइन्। नोबेल अस्पतालका प्रबन्धक दिपेश राईका अनुसार आकस्मिक कक्षमा उपचारकै क्रममा आज बिहान उनको निधन भएको हो।
उनी सात दिनअघिदेखि ज्वरो र श्वासप्रश्वासमा समस्या अनुभव गरिरहेकी थिइन्। प्रारम्भिक परीक्षणका लागि सोमबार बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो, जहाँ कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि उनलाई विराटनगर ल्याइएको थियो।
निधनपछि शव व्यवस्थापनको जिम्मा सुरक्षाकर्मीलाई दिइएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
हाल कोशी प्रदेशमा पुनः कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ८ जना संक्रमित भेटिएका छन्, जसमा झापाका ४ जना, र मोरङ र इलामका २–२ जना रहेका छन्।
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

