नेपाल हेल्थ न्युज, विराटनगर । मोरङको बुढीगंगा–४ मा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिक शिक्षा, वैज्ञानिक अनुसन्धान र उत्पादनलाई एउटै धारमा अगाडि बढाउने लक्ष्य लिएको छ। विश्वविद्यालयले आयुर्वेदिक उत्पादन विकासदेखि लिएर एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाविरुद्धको समाधान खोज्ने वैज्ञानिक अध्ययनसम्मका योजना अघि सारेको छ।
उपकुलपति डा. सुभाषश्री पोखरेलका अनुसार, विश्वविद्यालयले अहिले सन्चो, भिक्स, र बाम तेलजस्ता आयुर्वेदिक उत्पादन तयार गरिसकेको छ, जुन बजारमा पठाउन स्वीकृतिको पर्खाइमा छन्। उहाँले विश्वविद्यालयले आफ्नै उत्पादन बजारमा ल्याउने तयारी गरेको र यसले पढ्दै कमाउँदै मोडेललाई व्यवहारमा उतार्ने उल्लेख गर्नुभयो।
वैज्ञानिक अनुसन्धानको नयाँ दिशा
विश्वविद्यालयले दुई ठूला अनुसन्धान अन्तिम चरणमा पुर्याएको जनाएको छ—पहिलो, मानव शरीरमा हानी गर्ने एन्टिबायोटिक(प्रतिरोधी ब्याक्टेरिया मार्न सक्ने भाइरसको अध्ययन, र दोस्रो, मधुमेह नियन्त्रणमा केन्द्रित औषधिको विकास, जुन नेपालका हिमाली जडीबुटीमा आधारित छ।
बजेट अभावस् मुख्य चुनौती
हालको आर्थिक वर्षका लागि ३७ करोड रुपैयाँ आवश्यक भए पनि मात्र १४ करोड रुपैयाँ बजेट प्रदेश सरकारले छुट्याएको छ। पोखरेलका अनुसार, यो बजेटले आधारभूत पूर्वाधार निर्माणमा समेत अपुग छ। यस्तै बजेट अभावले तलब खुवाउनेदेखि शैक्षिक तथा अनुसन्धान कार्यक्रम सञ्चालनमा समेत असर पुर्याएको छ।
भविष्य योजना
सन् २०३० भित्र ३०० शय्याको शिक्षण अस्पताल, १८ अत्याधुनिक प्रयोगशाला, तारामण्डल र विज्ञान संग्रहालय स्थापना गर्ने दीर्घकालीन योजना विश्वविद्यालयले अघि सारेको छ। यस्तै, धनकुटा जिल्ला अस्पताललाई विश्वविद्यालयको मातहत ल्याउने तयारी पनि भइरहेको छ।
शैक्षिक कार्यक्रम र प्रतिवद्धता
मनमोहन विश्वविद्यालयले इन्जिनियरिङ, स्वास्थ्य विज्ञान, विज्ञान तथा कानुन विषयअन्तर्गत व्यवहारिक शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। बीबीए, एलएलबी, क्रिमिनल ल, हस्पिटल म्यानेजमेन्टजस्ता कार्यक्रम लोकप्रिय हुँदै गएका छन्। उपकुलपति पोखरेलले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्ने र नियुक्तिमा निष्पक्षता अपनाउने प्रतिबद्धता जनाउनुभएको छ।
चिकित्सक अचेत अवस्थामा फेला
आइतबार, चैत १, २०८२
काठमाडौं मेडिकल कलेजमा दुर्लभ मस्तिष्क रोगको सफल उपचार
आइतबार, चैत १, २०८२
अल्झिएको चिकित्सक संघको चुनावः समाधान खोज्दै निर्वाचन समिति
आइतबार, चैत १, २०८२
जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीको मृत्यु
शुक्रबार, फागुन २९, २०८२
