नेपाल हेल्थ न्युज,भक्तपुर । भक्तपुर अस्पतालले महिलाहरूमा देखिने गम्भीर स्वास्थ्य समस्या, पाठेघर (आङ) खस्ने अवस्थाको निःशुल्क शल्यक्रिया सेवा सञ्चालनमा आएको छ। यो सेवा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको पहलमा सुरु गरिएको हो।
अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टका अनुसार, यो सेवा अभियानको रूपमा सञ्चालन गरिएको हो जसअन्तर्गत प्रारम्भिक दिनमा तीन महिलाको सफल शल्यक्रिया सम्पन्न भएको छ।
“हामीले मंगलबार तीनजना बिरामीको शल्यक्रिया गर्यौं, र आज पाँचजनाको तयारी गरिएको छ,” डा. भट्टले जानकारी दिनुभयो।
शल्यक्रिया आवश्यक पर्ने महिलाहरूलाई अस्पतालमा सम्पर्क गर्न आग्रह गर्दै उहाँले थप महिलाहरूलाई यस सेवा अन्तर्गत लाभ उठाउन अनुरोध गर्नुभएको छ।
यो अभियानले आर्थिक कारणले उपचार गर्न नसक्ने महिलाहरूलाई राहत दिलाउने विश्वास गरिएको छ। यस्ता सेवाले महिलाको स्वास्थ्यप्रति राज्यको दायित्व र जिम्मेवारीलाई पुष्टि गर्ने गर्दछ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
