नेपाल हेल्थ न्युज,भक्तपुर । भक्तपुर अस्पतालले महिलाहरूमा देखिने गम्भीर स्वास्थ्य समस्या, पाठेघर (आङ) खस्ने अवस्थाको निःशुल्क शल्यक्रिया सेवा सञ्चालनमा आएको छ। यो सेवा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको पहलमा सुरु गरिएको हो।
अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टका अनुसार, यो सेवा अभियानको रूपमा सञ्चालन गरिएको हो जसअन्तर्गत प्रारम्भिक दिनमा तीन महिलाको सफल शल्यक्रिया सम्पन्न भएको छ।
“हामीले मंगलबार तीनजना बिरामीको शल्यक्रिया गर्यौं, र आज पाँचजनाको तयारी गरिएको छ,” डा. भट्टले जानकारी दिनुभयो।
शल्यक्रिया आवश्यक पर्ने महिलाहरूलाई अस्पतालमा सम्पर्क गर्न आग्रह गर्दै उहाँले थप महिलाहरूलाई यस सेवा अन्तर्गत लाभ उठाउन अनुरोध गर्नुभएको छ।
यो अभियानले आर्थिक कारणले उपचार गर्न नसक्ने महिलाहरूलाई राहत दिलाउने विश्वास गरिएको छ। यस्ता सेवाले महिलाको स्वास्थ्यप्रति राज्यको दायित्व र जिम्मेवारीलाई पुष्टि गर्ने गर्दछ।
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
