नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल कलेजले स्नातकोत्तर तहमा (एमडी, एमएस, एमडिएस, एमएस्सी नर्सिङ) नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमको उद्घाटन गर्दै कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षामा बढ्दो प्रतिस्पर्धा र गुणस्तरको चर्चा गर्दै विद्यार्थीहरुलाई अनुशासन, मेहनत र संवेदनशीलताका साथ अध्ययन गर्न सुझाव दिनुभयो। “अबको तीन वर्ष तपाईहरुले गर्ने लगनशील प्रयासले तपाईंको चिकित्सकीय भविष्य तय गर्छ,” उहाँले भन्नुभयो।
उहाँले विगतको अनुभव स्मरण गर्दै अहिले महिला विद्यार्थीहरुको सहभागिता उल्लेख्य रूपमा बढेको उल्लेख गर्नुभयो। “पहिला महिलाहरु सर्जरीतिर जान डराउँथे, तर अहिले तिनीहरु रातभर अप्रेसन कक्षमा काम गरिरहेका छन्, जुन अत्यन्त गर्वको कुरा हो,” उहाँले भन्नुभयो।
कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यासमिनले स्वास्थ्य सेवामा कार्यरत व्यक्तिहरुले मानवीयता कहिल्यै नबिर्सिनुपर्नेमा जोड दिनुभयो। “बिरामी नै तपाईको किताब हो, प्रत्येक केस फरक हुन्छ, तर सबैको सही निदान आवश्यक हुन्छ,” उहाँले भन्नुभयो। साथै, कानुनी संवेदनशीलता बढ्दो अवस्थामा रहेकाले जिम्मेवारीपूर्वक कार्य गर्न निर्देशन दिनुभयो।
कलेजका प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठा, भाइस प्रिन्सिपल प्रा.डा. रुपेशराज जोशी तथा अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्यायले पनि विद्यार्थीहरुलाई अध्ययनमा समर्पित हुन र तीन वर्षलाई जीवनकै महत्वपूर्ण चरणको रूपमा लिन आग्रह गर्नुभयो।
नेपाल मेडिकल कलेजले उत्कृष्ट शिक्षण, अनुसन्धान र पेशागत विकासका लागि सकारात्मक वातावरण सृजना गर्न प्रतिबद्ध रहेको जनाइएको छ।
-1750934607.jpg)
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
