नेपाल हेल्थ न्युज, काठमाडौं । हाल महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा कार्यरत डा. विवेक सुनारसँग गृह मन्त्रालयले लिखित स्पष्टीकरण माग गरेको छ।
गण्डकी प्रदेश अस्पतालको दरबन्दीमा रहनुभएका सुनारले २०८१ सालको फागुन २१ गतेदेखि ३० दिनको घरविदा सकिएपछि पनि अस्पतालमा हाजिर नभएकाले मन्त्रालयले स्पष्टीकरण माग गरेको हो।। डेन्टल विभागमा कार्यरत डा. सुनार २०८१ चैत २१ गतेभित्र ड्युटीमा फर्किनुपर्नेमा न त अस्पतालमा उपस्थित हुनुभयो न त यसबारे सम्बन्धित निकायलाई जानकारी नै दिनुभयो।
यसै सन्दर्भमा गृह मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै डा. सुनारलाई सात दिनभित्र गैरहाजिरीको स्पष्ट कारणसहित स्पष्टीकरण बुझाउन र तत्काल अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ। यदि तोकिएको समयमा स्पष्टीकरण नआएमा प्रहरी नियमावली २०७१ को नियम ११२ को खण्ड (च) बमोजिम कारबाही गरिने र सरकारी सेवाबाट हटाइन सकिने मन्त्रालयले जनाएको छ।

नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
