नेभिगेशन

७ दिनभित्र सम्पर्कमा नआए डा. विवेक सुनारलाई सेवाबाट हटाइने

गृह मन्त्रालयको स्पष्टीकरण

नेपाल हेल्थ न्युज, काठमाडौं । हाल महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा कार्यरत डा. विवेक सुनारसँग गृह मन्त्रालयले लिखित स्पष्टीकरण माग गरेको छ।

गण्डकी प्रदेश अस्पतालको दरबन्दीमा रहनुभएका सुनारले २०८१ सालको फागुन २१ गतेदेखि ३० दिनको घरविदा सकिएपछि पनि अस्पतालमा हाजिर नभएकाले मन्त्रालयले स्पष्टीकरण माग गरेको हो।। डेन्टल विभागमा कार्यरत डा. सुनार २०८१ चैत २१ गतेभित्र ड्युटीमा फर्किनुपर्नेमा न त अस्पतालमा उपस्थित हुनुभयो न त यसबारे सम्बन्धित निकायलाई जानकारी नै दिनुभयो।

यसै सन्दर्भमा गृह मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै डा. सुनारलाई सात दिनभित्र गैरहाजिरीको स्पष्ट कारणसहित स्पष्टीकरण बुझाउन र तत्काल अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ। यदि तोकिएको समयमा स्पष्टीकरण नआएमा प्रहरी नियमावली २०७१ को नियम ११२ को खण्ड (च) बमोजिम कारबाही गरिने र सरकारी सेवाबाट हटाइन सकिने मन्त्रालयले जनाएको छ।

bigyapti-1751182638.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट