नेपाल हेल्थ न्युज, काठमाडौं । आगामी श्रावण १ गतेदेखि देशभरका स्वास्थ्य बीमा योजनामा सहभागीहरूले स्वास्थ्य सेवाको प्रारम्भिक पहुँच अब सरकारी स्वास्थ्य संस्थाबाट मात्र पाउनेछन्।
स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधनको दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को प्रथम संशोधनको नियम २ को खण्ड (छ) ले गरेको व्यवस्था अनुसार प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने निर्णय गरिएको हो ।
स्वास्थ्य बीमा बोर्डले यससम्बन्धी निर्णय सबै प्रदेश, जिल्ला कार्यालय तथा सूचना प्रविधि शाखामा पठाइसकेको छ। बोर्डका शाखा अधिकृत झलकराज जोशीले नयाँ कार्यान्वयन प्रक्रियाबारे आवश्यक निर्देशन दिनुभएको छ।
हालसम्म सामुदायिक र निजी स्वास्थ्य संस्थाहरूले पनि बीमित व्यक्तिहरूलाई प्रारम्भिक सेवा प्रदान गर्दै आएका थिए। तर अब ती सेवाहरू सरकारी अस्पताल, स्वास्थ्य चौकी वा अन्य सरकारी निकायमार्फत मात्र उपलब्ध हुनेछन्।
बोर्डले यी निजी र सामुदायिक संस्थाहरूलाई अहिलेसम्म पुर्याएको सेवाको लागि धन्यवाद ज्ञापन गर्दै यो परिवर्तनका बारे जानकारी गराएको छ।
यस निर्णयले देशभर स्वास्थ्य बीमा योजनाका लाभार्थीहरूलाई सेवा प्राप्तिका लागि सरकारी स्वास्थ्य संस्थामै निर्भर रहनुपर्ने अवस्था सिर्जना हुनेछ। जसका कारण कतिपय स्थानमा सेवाग्राहीहरूको पहुँच, सेवा समय, र भीडभाडमा प्रभाव पर्न सक्ने देखिन्छ।

पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
