नेपाल हेल्थ न्युज, काठमाडौं।नेपाल दूरसञ्चार प्राधिकरणमार्फत ‘टेरामक्स’ प्रविधि खरिदमा अनियमितता भएको आरोपमा मुछिएका पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई विशेष अदालतले २५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ।
न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले आइतबारको थुनछेक बहसपछि धरौटीमा रिहा गर्ने निर्णय सुनाएको हो। अदालतका उपरजिस्ट्रार कृष्णशरण लामिछानेका अनुसार बस्नेतलाई नगद वा सो बराबरको बैंक ग्यारेन्टी बुझाएर तारेखमा रिहा गरिनेछ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ १ गते बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। उनीहरूविरुद्ध झन्डै ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको छ।
आयोगका अनुसार, बस्नेतले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रूपमा कार्यरत रहँदा टेरामक्स खरिद प्रक्रिया नियमनविपरीत अघि बढाएका थिए। आरोपपत्रमा उल्लेख अनुसार, उक्त परियोजना न वार्षिक बजेटमा थियो, न त आवश्यक पूर्वअध्ययन नै गरिएको थियो। मन्त्रिस्तरीय निर्णयबाट कार्यक्रम थपिएको भन्दै आयोगले प्रक्रियामै त्रुटि भएको दाबी गरेको छ।
२०७४ सालको २३ भदौमा बस्नेतले दूरसञ्चार प्राधिकरणको बजेट स्वीकृत गर्नुभएको थियो, तर आयोगको भनाइमा यो निर्णय कानुनी दायराभन्दा बाहिर गएकाे थियो।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
