नेपाल हेल्थ न्युज, काठमाडौं । उपभोक्ता अदालतबाट उपचारको लापरबाही सम्बन्धी फैसलापछि असन्तुष्ट बनेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू देशभर ७२ घण्टासम्म कालोपट्टी बाँधेर सेवा दिइरहेका छन्।
नेपाल चिकित्सक सङ्घको नेतृत्वमा सुरु भएको यस विरोधमार्फत उपभोक्ता संरक्षण ऐन २०७५ मा संशोधनको माग गरिएको छ। सङ्घले यसका लागि टास्कफोर्स पनि गठन गरेको छ।
महासचिव डा. सञ्जीव तिवारीले उपचारसम्बन्धी उजुरी नेपाल मेडिकल काउन्सिलमार्फत हेर्नु पर्ने बताउँदै अदालतबाट भइरहेको क्षतिपूर्तिको निर्णयप्रति असन्तोष जनाउनुभएको छ।
हालै अदालतले ओम अस्पताल, हिमालय अस्पताल र ग्राण्डी सिटी अस्पतालसहित सम्बन्धित चिकित्सकहरूलाई करोडौं रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको थियो।
प्रकाशित मिति: मंगलबार, असार १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
