नेपाल हेल्थ न्युज, नेपालगन्ज । बाँकेको दुर्गम र स्वास्थ्य सेवा पहुँचबाट टाढिएको नरैनापुर गाउँपालिकामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपाली सेनाको बज्रदल गणको अगुवाइमा गाउँपालिका–२ लक्ष्मणपुर स्वास्थ्य चौकीमा आयोजित सो शिविरमा ७११ जना स्थानीयले सेवा लिएका छन्।
नरैनापुरमा केही समयदेखि सडक र विद्युत् पुगे पनि गुणस्तरीय स्वास्थ्य संस्थाको अभावले स्थानीयवासी उपचारका लागि अझैपनि शिविर पर्खन बाध्य छन्। यस्तै अबस्थामा आयोजित शिविरमा स्थानीयहरूको उल्लेखनीय सहभागिता देखिएको छ।
शिविरमा महिला, पुरुष र बालबालिकाको स्वास्थ्य परीक्षणका साथै आवश्यक औषधी वितरण गरिएको थियो। बज्रदल गणका अनुसार सेवाप्राप्त गर्नेहरूमध्ये २५९ जना महिला, २२६ जना पुरुष र २२५ जना बालबालिका थिए।
स्वास्थ्य सेवामा सैनिक र गैरसैनिक गरी विभिन्न ११ जना विशेषज्ञ चिकित्सकहरू सहभागी थियो। उनीहरूले फिजिसियन, बालरोग, छाला तथा यौनरोग, स्त्रीरोग, डेन्टल, नाक–कान–घाँटी लगायतका विभागमा उपचार सेवा उपलब्ध गराएका थिए।
शिविरमा श्री सैनिक अस्पताल नेपालगन्ज, भेरी अस्पताल, स्वास्थ्य कार्यालय बाँके, सञ्जीवनी मेडिकल कलेज, एचसिआरसी अस्पताल, गुल्म अस्पताल नेपालगन्ज र शाही डेन्टल क्लिनिकको सहकार्य रहेको थियो।
शिविरको समापन समारोहमा नेपाली सेनाको श्री नं. ४ बाहिनी अड्डाका निमित्त बाहिनीपति महासेनानी प्रकाश थापाले स्वास्थ्य सेवा उपलब्ध गराउनमा सक्रिय चिकित्सक तथा सहायक संस्थालाई प्रशंसा पत्र प्रदान गरी धन्यवाद व्यक्त गर्नुभयो।
बज्रदल गणका प्रमुख सेनानी रविन श्रेष्ठका अनुसार यस्तो शिविरले सीमावर्ती ग्रामीण क्षेत्रका बासिन्दामा सेनाप्रतिको भरोसा र सकारात्मक भावना अभिवृद्धि गर्ने विश्वास लिइएको छ।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

