नेपाल हेल्थ न्यूज, काठमाडौं । औषधि व्यवस्था विभागले गुणस्तर नपुगेको भन्दै एक औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागको परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा औषधि असफल भएपछि यसको बिक्री, वितरण तथा प्रयोगमा तत्काल रोक लगाइएको हो।
‘पेन्टोलोक (Pantoprazole Tablets IP) नामक औषधिको ब्याच नम्बर TPT-129 (B) लाई विभागले परीक्षणका लागि लिएको थियो। Dissolution Test (Buffer Stage) मा औषधि असफल भएपछि यसलाई दोषयुक्त ठहर गर्दै बजारबाट फिर्ता गर्न निर्देशन दिइएको हो।
उक्त ब्याचको उत्पादन मिति डिसेम्बर २०२४ र म्याद समाप्त हुने मिति नोभेम्बर २०२७ रहेको विभागले जनाएको छ।
विभागले सबै सरोकारवाला निकायलाई उक्त औषधिको बिक्री, वितरण तथा प्रयोग नगर्न निर्देशन दिएको छ। साथै, सर्वसाधारणलाई पनि सो औषधिबाट सावधान रहन आग्रह गरिएको छ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिग्रिएका हेमोडायलासिस मेसिन सञ्चालनमा
शुक्रबार, जेठ २९, २०८३
हुम्ला अस्पतालमा किशोरकिशोरी–मैत्री सेवा सञ्चालन
शुक्रबार, जेठ २९, २०८३ट्रेन्डिङ

