नेपाल हेल्थ न्यूज, काठमाडौं । औषधि व्यवस्था विभागले गुणस्तर नपुगेको भन्दै एक औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागको परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा औषधि असफल भएपछि यसको बिक्री, वितरण तथा प्रयोगमा तत्काल रोक लगाइएको हो।
‘पेन्टोलोक (Pantoprazole Tablets IP) नामक औषधिको ब्याच नम्बर TPT-129 (B) लाई विभागले परीक्षणका लागि लिएको थियो। Dissolution Test (Buffer Stage) मा औषधि असफल भएपछि यसलाई दोषयुक्त ठहर गर्दै बजारबाट फिर्ता गर्न निर्देशन दिइएको हो।
उक्त ब्याचको उत्पादन मिति डिसेम्बर २०२४ र म्याद समाप्त हुने मिति नोभेम्बर २०२७ रहेको विभागले जनाएको छ।
विभागले सबै सरोकारवाला निकायलाई उक्त औषधिको बिक्री, वितरण तथा प्रयोग नगर्न निर्देशन दिएको छ। साथै, सर्वसाधारणलाई पनि सो औषधिबाट सावधान रहन आग्रह गरिएको छ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
