नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि व्यवस्था विभागबाट उत्पादन अनुमति लिएका कुल ८६ वटा औषधि उद्योगमध्ये अहिले सक्रिय रूपमा सञ्चालनमा रहेका उद्योगको संख्या ७० नाघेको विभाग स्रोतले जनाएको छ। यद्यपि सबै उद्योगहरू हाल सञ्चालनमा आइसकेका छैनन्।
भर्खरका दिनहरूमा घरेलु औषधि उद्योगबाट उत्पादित औषधिको गुणस्तरबारे प्रश्न उठ्न थालेको छ। यसै सन्दर्भमा विभागले विश्व स्वास्थ्य संगठन द्वारा निर्धारित कुशल औषधि उत्पादन अभ्यास (जीएमपी) पालन गर्नुपर्ने आवश्यकता दोहोर्याउँदै आएको छ।
हालसम्म ५८ वटा नेपाली औषधि कम्पनीले जीएमपी प्रमाणपत्र प्राप्त गरिसकेका छन्। तर तीमध्ये केही कम्पनीको प्रमाणपत्रको म्याद सकिएको छ भने केही कम्पनीले नवीकरणको प्रक्रिया थालिसकेको विभागको भनाइ छ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार पहिले जीएमपी लिएका कम्पनीहरूको नाम सार्वजनिक गरिए पनि तिनीहरू मध्ये सबैको प्रमाणपत्र हाल वैध अवस्थामा छैन। ढकालले भन्नुभयो, “जसले जीएमपी पास गरेका छन्, उनीहरूले डब्लुएचओका मापदण्ड पुरा गरेका कारण तिनका उत्पादनहरू अन्तर्राष्ट्रिय गुणस्तरका मानिन्छन्।”
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिग्रिएका हेमोडायलासिस मेसिन सञ्चालनमा
शुक्रबार, जेठ २९, २०८३

