नेपाल हेल्थ न्युज, पर्वत । तीन दशकभन्दा लामो समयदेखि सेवा दिँदै आएको पर्वत अस्पतालले पहिलोपटक विशेषज्ञ चिकित्सकमार्फत सेवा सुरु गरेको छ। हालै गण्डकी प्रदेश सरकारले अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गरेसँगै यो पहल सुरु भएको हो।
पहिले १५ शैय्याको अनुमति लिएर ६४ शैय्याबाट सेवा दिँदै आएको अस्पतालले आवश्यक जनशक्ति नपुग्दा पनि आफ्नै स्रोत र समन्वयबाट विशेषज्ञ ल्याएर सेवा सुरु गरेको छ।
अब अस्पतालमा हाडजोर्नी, बालरोग र स्त्रीरोगका विशेषज्ञहरू नियमित रूपमा सेवा दिन थालेका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार, डा. प्रकाश गौतम (बालरोग), डा. ढुण्डीराज पौडेल (हाडजोर्नी), डा. प्रियसा अधिकारी (स्त्रीरोग) र डा. बालकृष्ण श्रेष्ठ (एनेस्थेसिया)ले सेवा सुरु गरिसकेका छन्। यीमध्ये केही चिकित्सक नेपाल सरकारको छात्रवृत्ति योजनाअन्तर्गत आएका हुन् र कम्तीमा दुई वर्ष सेवा गर्नेछन्।
प्रदेश सरकारले आवश्यक उपकरण पनि पठाउने तयारीमा रहेको हुँदा अब हाडजोर्नीका लागि पोखरा जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ।
हाल अस्पतालमा ११० जनाको टोली कार्यरत छ भने दैनिक बिरामी संख्या ३०० नाघिसकेको बताइएको छ। विशेषज्ञ सेवासहित अब यो अस्पताल थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
