नेपाल हेल्थ न्युज, काठमाडौं । पछिल्लो नर्सिङ लाइसेन्स परीक्षाको नतिजाले गम्भीर चिन्ता व्यक्त भएको छ। नेपाल नर्सिङ परिषद्को तथ्याङ्क अनुसार, हालै सम्पन्न पीसीएल तहको ३९औं नाम दर्ता परीक्षामा जम्मा १९.४३ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्। ९११ जनामध्ये १७७ जना मात्रै सफल भएका हुन्।
यो प्रतिशत परिषद्को हालसम्मकै सबैभन्दा न्यून नतिजा हो। यसअघि, २०७९ चैतमा लिइएको ३३औं ब्याचको परीक्षामा २६ प्रतिशत उत्तीर्ण भएका थिए।
प्रशासकीय अधिकृत रेखा गिरीका अनुसार, पीसीएलमा नतिजा कमजोर भए पनि बीएस्सी, बीएमएस, र विशेषज्ञ नर्सहरूतर्फ उत्तीर्ण दर उच्च देखिएको छ। बीएस्सी नर्सिङमा २०३ जना (६२.०८%), बीएमएसमा ४२ जना (८२.३५%), र विशेषज्ञ नर्सतर्फ १७५ जना (६६.८७%) सफल भएका छन्।
अबदेखि विशेषज्ञ नर्सको लाइसेन्स परीक्षा पनि अन्य तहजस्तै वर्षमा तीन पटक सञ्चालन गरिनेछ। यसअघि यो परीक्षा केवल असारमा हुने गर्थ्यो। अब चार–चार महिनामा परीक्षा हुने भएकाले कात्तिकमा अर्को परीक्षा तोकिएको छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
