नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा कानुनी अन्योललाई लिएर राष्ट्रिय चिकित्सक संघ, नेपाल (एनडान)ले आकस्मिक केन्द्रीय समिति बैठक गर्दै १० बुँदे निर्णय सार्वजनिक गरेको छ। संघका अनुसार, पछिल्लो समय चिकित्सकमाथि बढ्दो मानसिक दबाब, उपभोक्ता संरक्षण ऐनको दुरुपयोग, र अदालतका केही फैसलाले स्वास्थ्य पेशामा असहज स्थिति उत्पन्न गरेको छ।
बैठकले चिकित्सकहरूको व्यावसायिक स्वतन्त्रता, बिरामीको हित, र सम्पूर्ण स्वास्थ्य प्रणालीको दीर्घकालीन सुधारका लागि कानुनी स्पष्टता र नीतिगत हस्तक्षेप आवश्यक भएको निष्कर्ष निकालेको छ।
संघले भनेको छ, यो केवल चिकित्सकको होइन, सम्पूर्ण स्वास्थ्य प्रणालीको सुरक्षा र विश्वसनीयताको विषय हो।
एनडानले स्वास्थ्य क्षेत्रको सुधार कानुनी मात्र नभई संरचनागत, तालिम, र सेवा प्रवाहका हिसाबले पनि हुनुपर्नेमा जोड दिएको छ। १० बुँदे निर्णयमा कानुनी परामर्श, नीति समिक्षा, चिकित्सक सुरक्षाका उपाय, र स्वास्थ्य सेवामा सुधारका सिफारिसहरू समावेश छन्।
संघले सरकार र सरोकारवालासँग समन्वय गरेर दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता व्यक्त गर्दै, समयमै पहल नभए थप संघर्षका कार्यक्रम आउने संकेत पनि दिएको छ।
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

