नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सक र स्वास्थ्यकर्मीहरूले आजदेखि आकस्मिकबाहेकका सेवा बन्द गरेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा सरकारी तथा निजी क्षेत्रका अस्पताल, नर्सिङ होम र क्लिनिकहरूमा नियमित सेवा रोकिएको हो।
संघले उपभोक्ता संरक्षण ऐन, २०७५ को केही प्रावधानप्रति आपत्ति जनाउँदै सोमबारदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने निर्णय गरेको थियो। जारी विज्ञप्तिमा संघले आकस्मिक र सघन उपचारबाहेक सबै प्रकारका सेवा स्थगित गरिएको जनाएको छ।
संघको भनाइमा, उपभोक्ता अदालतले पछिल्ला केही निर्णयमार्फत चिकित्सकीय लापरवाहीको विषयलाई अपराधसरह व्याख्या गर्दै अस्पतालहरूलाई क्षतिपूर्ति भराउने आदेश दिएको छ, जुन चिकित्सक वर्गको लागि अन्यायपूर्ण भएको उनीहरूको तर्क छ।
संघका महासचिव डा. सञ्जीव तिवारीले स्वास्थ्य सेवा अन्य पेसागत सेवासँग एकै कोणबाट हेर्न नहुने बताउनुभएको छ। उहाँका अनुसार चिकित्सा व्यवसायलाई नियमन गर्ने जिम्मा नेपाल मेडिकल काउन्सिलसँग रहेको हुँदा सबै मुद्दा त्यही निकायमार्फत समाधान हुनुपर्छ भन्ने संघको माग छ।
संघले उपभोक्ता ऐनअनुसार कारबाही भएमा चिकित्सकहरू उपचारको क्रममा कानुनी जोखिमबाट जोगिन अनावश्यक परीक्षणहरूमा निर्भर हुनुपर्ने, जसले बिरामीको खर्च बढाउने र उपचार प्रक्रियामा विश्वासको संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ।
यसबाहेक, संघले आज उपत्यकाभित्रका स्वास्थ्यकर्मीहरूलाई माइतीघर मण्डलामा तथा बाहिरी जिल्लाका चिकित्सकहरूलाई आ–आफ्ना क्षेत्रीय प्रदर्शनस्थलमा धर्नामा सहभागी हुन आह्वान गरेको छ। संघले सरकारसँग शीघ्र संवादमा आउन र ऐन संशोधन गर्न पहल गर्न आग्रह गरेको छ।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

