नेपाल हेल्थ न्युज, काठमाडौ । नेपालभरका चिकित्सकहरूले नेपाल चिकित्सक संघको नेतृत्वमा जारी आन्दोलनलाई थप सशक्त बनाउँदै गएका छन्। सोही आन्दोलनलाई मध्यनजर गर्दै सरकारले संवाद प्रक्रियाको थालनी गरेको छ। मंगलबार दिउँसो पहिलो चरणको संवाद पछि थप छलफलका लागि प्रक्रिया स्थगित गरिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया तथा उद्योग मन्त्री दामोदर भण्डारीबीचको बैठकपछि आन्दोलनरत पक्षलाई छलफलका लागि बोलाइएको थियो। बेलुकी ६ बजे पुनः संवादको तयारी भए पनि उद्योग मन्त्री प्रतिनिधि सभाको बैठकमा जानुपर्ने कारण उपस्थित हुन सकेनन्।
संवादका क्रममा स्वास्थ्य र कानुन मन्त्रीले चिकित्सक संघका प्रतिनिधिसँग मागबारे छलफल गरेका थिए। स्रोतका अनुसार वार्ता सकारात्मक रूपमा अघि बढेको छ र सहमति जुटाउने प्रयास जारी छ। दुवै पक्ष मंगलबार साँझभित्र सहमति खोज्ने दिशामा अग्रसर छन्।
चिकित्सकहरू उपभोक्ता अदालतको एउटा फैसलाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले सोमबारदेखि आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेका छन्, जसका कारण स्वास्थ्य सेवा प्रभावित भएको छ।
चिकित्सकको आन्दोलनपछि पर्सामा एसपी हेरफेर, भट्टराई पुगे प्रमुखको जिम्मेवारीमा
बुधबार, साउन १३, २०८३
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत
बुधबार, साउन १३, २०८३
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
