नेपाल हेल्थ न्युज, विराटनगर । हालैका दिनमा कोरोना भाइरसको सङ्क्रमणको जोखिम फेरि बढ्न थालेपछि विराटनगर महानगरपालिकाले आगामी बुधबारदेखि लक्षित खोप अभियान सञ्चालन गर्न लागेको छ।
महानगरको स्वास्थ्य महाशाखाका अनुसार दीर्घरोगी तथा ५५ वर्ष नाघेका नागरिकहरूलाई अभियानको प्राथमिकता दिइनेछ। महानगरका १९ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरूबाट सहज रूपमा खोप उपलब्ध गराइनेछ।
स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीप यादवका अनुसार खोप लगाउने दिन कुनै स्वास्थ्य समस्या देखिएमा प्रारम्भिक परीक्षणपछि खोप लिन सकिने व्यवस्था मिलाइएको छ।
हालको विवरण अनुसार महानगरभित्रका चार व्यक्तिमा कोरोना पुष्टि भइसकेको छ, जसले सङ्क्रमण पुनः फैलिन सक्ने जोखिम औंल्याएको छ। विशेषगरी विराटनगर–२ क्षेत्रमा नयाँ सङ्क्रमण देखिएको जनाइएको छ।
सङ्क्रमितहरूमा गम्भीर लक्षण नभए पनि समुदायमा संक्रमण फैलिन नदिन विशेष सतर्कता अपनाइने महानगरले जनाएको छ। उमेर तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका समूहका नागरिकलाई जोगाउन खोप लगाउनु आवश्यक रहेको डा. यादवले बताउनुभयो।
महानगरले सबै नागरिकलाई मास्क अनिवार्य प्रयोग गर्न, भीडभाडबाट टाढा रहन, नियमित साबुनपानीले हात धुन र आधारभूत स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ।
यदि ज्वरो, खोकी, नाकबाट पानी बग्ने, वा श्वासप्रश्वासमा कठिनाइजस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न भनिएको छ। यी लक्षणहरू कोरोना संक्रमणका सुरुवाती संकेत हुन सक्छन्, डा. यादवले चेतावनी दिँदै भन्नुभयो, यस्ता लक्षणलाई बेवास्ता गर्दा सामूहिक जोखिम निम्तिन सक्छ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
