नेपाल हेल्थ न्युज, काठमाडौं । बागमती प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयले मिर्गौला समस्याबाट पीडित बिरामीहरूलाई लक्षित गर्दै विभिन्न प्रादेशिक अस्पतालहरूमा नयाँ डायलासिस मेसिनहरू जडान गरेको छ। सरकारी अस्पतालहरूमा उपचारको चाप तीव्र रूपमा बढिरहेकाले, बिरामीहरूलाई निजी अस्पतालमा महँगो शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता हटाउन यो कदम चालिएको हो।
स्वास्थ्य मन्त्री किरण थापाका अनुसार, भक्तपुर अस्पतालमा हालै पाँच वटा डायलासिस मेसिन जडान गरिएको छ। यसका अतिरिक्त धादिङ, सिन्धुली, त्रिशूली, बकुलहर रत्ननगर तथा हेटौँडास्थित अस्पतालहरूमा समेत डायलासिस सेवा विस्तार गरिएको छ। यी अस्पतालमा क्रमशः दुईदेखि तीनवटा मेसिन जडान गरिएका छन्। यसबाट बिरामीहरूलाई टाढासम्म यात्रा नगरी, नजिकको अस्पतालबाट नै आवश्यक सेवा लिन सकिनेछ।
मन्त्री थापाले आगामी दिनमा अरू अस्पतालहरूमा समेत यस्ता उपकरण थप्दै लैजाने योजना रहेको जानकारी गराउनुभयो। स्वास्थ्य पूर्वाधार विस्तारमार्फत मिर्गौला रोगीहरूको उपचार प्रणाली अझ सुदृढ बनाउने उद्देश्य मन्त्रालयले राखेको छ।
भक्तपुर अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टका अनुसार, उपकरण प्राप्त भएपछि तत्काल पाँच शय्यामा डायलासिस सेवा सुरू गरिनेछ। यसले स्थानीय बिरामीहरूलाई निकै राहत मिल्ने उहाँले बताउनुभयो।
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

