नेपाल हेल्थ न्युज, चितवन। भरतपुरस्थित कारागारमा पछिल्लो सातादेखि कैदीबन्दीहरूमा रुघा, खोकी र ज्वरोजस्ता मौसमी सङ्क्रमण देखा परेपछि चिकित्सकीय सतर्कता अपनाइएको छ।
कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले जानकारी दिएअनुसार हालसम्म २२ जना कैदीबन्दीमा लक्षण देखिएपछि उनीहरूलाई छुट्टै राखेर उपचार प्रक्रिया सुरु गरिएको छ। मौसममा आएको परिवर्तन र वर्षासँगै यस्ता लक्षण देखा परेको अनुमान गरिएको छ।
ढुङ्गानाका अनुसार संक्रमित कैदीहरूलाई सामान्य बिरामीसँग छुट्याएर राखिएको छ, साथै क्षयरोग वा अन्य दीर्घकालीन रोगीहरूलाई पनि छुट्टै निगरानीमा राखिएको छ। कारागारभित्र थप सङ्क्रमण नफैलियोस् भनेर विशेष सावधानी अपनाइएको उहाँले बताउनुभयो।
हामीले सरसफाइ र खानपानमा विशेष ध्यान दिन कैदीबन्दीलाई सचेत गराएका छौं, ढुङ्गानाले भन्नुभयो। भरतपुर कारागारको क्षमता भन्दा कैदीबन्दीको संख्या धेरै रहेकाले पनि यस्ता सङ्क्रमण छिटो फैलिने जोखिम उच्च हुने विज्ञहरूले बताउँदै आएका छन्।
हाल कारागारमा ७१६ जना कैदीबन्दी र ४ जना आश्रित बालबालिका रहेका छन्। यसमध्ये ४३ महिला र ६७३ पुरुष छन्, जबकि कारागारको क्षमताअनुसार ३५ महिला र ४७० पुरुष राख्न मिल्ने व्यवस्था छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
