नेपाल हेल्थ न्युज, चितवन। भरतपुरस्थित कारागारमा पछिल्लो सातादेखि कैदीबन्दीहरूमा रुघा, खोकी र ज्वरोजस्ता मौसमी सङ्क्रमण देखा परेपछि चिकित्सकीय सतर्कता अपनाइएको छ।
कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले जानकारी दिएअनुसार हालसम्म २२ जना कैदीबन्दीमा लक्षण देखिएपछि उनीहरूलाई छुट्टै राखेर उपचार प्रक्रिया सुरु गरिएको छ। मौसममा आएको परिवर्तन र वर्षासँगै यस्ता लक्षण देखा परेको अनुमान गरिएको छ।
ढुङ्गानाका अनुसार संक्रमित कैदीहरूलाई सामान्य बिरामीसँग छुट्याएर राखिएको छ, साथै क्षयरोग वा अन्य दीर्घकालीन रोगीहरूलाई पनि छुट्टै निगरानीमा राखिएको छ। कारागारभित्र थप सङ्क्रमण नफैलियोस् भनेर विशेष सावधानी अपनाइएको उहाँले बताउनुभयो।
हामीले सरसफाइ र खानपानमा विशेष ध्यान दिन कैदीबन्दीलाई सचेत गराएका छौं, ढुङ्गानाले भन्नुभयो। भरतपुर कारागारको क्षमता भन्दा कैदीबन्दीको संख्या धेरै रहेकाले पनि यस्ता सङ्क्रमण छिटो फैलिने जोखिम उच्च हुने विज्ञहरूले बताउँदै आएका छन्।
हाल कारागारमा ७१६ जना कैदीबन्दी र ४ जना आश्रित बालबालिका रहेका छन्। यसमध्ये ४३ महिला र ६७३ पुरुष छन्, जबकि कारागारको क्षमताअनुसार ३५ महिला र ४७० पुरुष राख्न मिल्ने व्यवस्था छ।
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
