नेपाल हेल्थ युज, म्याग्दी । अन्नपूर्ण गाउँपालिका–७, हिस्तानको औलामा रु छ करोडमा आधुनिक अस्पताल भवन निर्माण भएको छ। सघन सहरी विकास तथा भवन आयोजनाको सहयोगमा निर्माण गरिएको उक्त संरचना पाँच श्ययाको अस्पतालका लागि तयार पारिएको हो।
वडाध्यक्ष मइलन पुनका अनुसार, पुरानो स्वास्थ्यचौकी पहिरोको उच्च जोखिममा परेपछि नयाँ स्थानमा सुरक्षित रूपमा भवन निर्माण गरिएको हो। नवनिर्मित अस्पताल भवनबाट चाँडै नै स्वास्थ्य सेवा सुरु गरिने तयारी भइरहेको छ।
साथै, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरूका लागि आवासको समेत व्यवस्था गरिएको छ। अस्पतालका लागि आवश्यक जग्गा स्थानीयवासी हर्कबहादुर गरबुजाल लगायत पाँच जनाले निशुल्क उपलब्ध गराएका हुन्।
प्रकाशित मिति: बिहीबार, असार २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
