नेपाल हेल्थ युज, म्याग्दी । अन्नपूर्ण गाउँपालिका–७, हिस्तानको औलामा रु छ करोडमा आधुनिक अस्पताल भवन निर्माण भएको छ। सघन सहरी विकास तथा भवन आयोजनाको सहयोगमा निर्माण गरिएको उक्त संरचना पाँच श्ययाको अस्पतालका लागि तयार पारिएको हो।
वडाध्यक्ष मइलन पुनका अनुसार, पुरानो स्वास्थ्यचौकी पहिरोको उच्च जोखिममा परेपछि नयाँ स्थानमा सुरक्षित रूपमा भवन निर्माण गरिएको हो। नवनिर्मित अस्पताल भवनबाट चाँडै नै स्वास्थ्य सेवा सुरु गरिने तयारी भइरहेको छ।
साथै, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरूका लागि आवासको समेत व्यवस्था गरिएको छ। अस्पतालका लागि आवश्यक जग्गा स्थानीयवासी हर्कबहादुर गरबुजाल लगायत पाँच जनाले निशुल्क उपलब्ध गराएका हुन्।
प्रकाशित मिति: बिहीबार, असार २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त
शुक्रबार, साउन २२, २०८३ट्रेन्डिङ
