नेपाल हेल्थ न्युज, भक्तपुर । सूर्यविनायक नगरपालिका–८ स्थित जगातीचोकमा रहेको सूर्यविनायक नगर अस्पताल अब ५० शय्याको क्षमतामा विस्तार गरिएको छ। बागमती प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयले सो अस्पतालको विस्तारको घोषणा गरेको हो।
उक्त अस्पताल (विसं २०७७) मा १० शय्याबाट सेवा आरम्भ गरेको थियो। त्यस समयमा वडा अध्यक्षको भूमिकामा रहेका किरण थापा हाल प्रदेशका स्वास्थ्य मन्त्रीसमेत रहेनुभएको छ। चार वर्षअघिको पहल अहिलेको परिणामस्वरूप आएको उहाँ बताउँनुहुन्छ।
कोरोना महामारीको कठिन समयमा हामीले सुरुवात गरेको अस्पताल अहिले ५० शय्यामा विस्तार भएको छ, जुन अत्यन्तै उत्साहजनक कुरा हो, मन्त्री थापाले भन्नुभयो। उहाँले तत्कालीन सांसद महेश बस्नेत, नगरप्रमुख वासुदेव थापा र अन्य स्थानीय नेतृत्वसँगको सहकार्यले यो सम्भव भएको बताउनुभयो।
मन्त्री थापाका अनुसार यो अस्पताललाई भविष्यमा विशेषज्ञ सेवासहितको ट्रमा सेन्टरको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। पूर्वी जिल्लाबाट काठमाडौं प्रवेश गर्ने मुख्य नाका भएकाले, सडक दुर्घटनाबाट घाइते भएका बिरामीको तत्काल उपचारका लागि यो स्थान उपयुक्त हुने उहाँको भनाइ छ।
हामी आवश्यक जनशक्ति, उपकरण र बजेटको व्यवस्थापन गर्दैछौँ, मन्त्री थापाले जानकारी दिनुभयो। भक्तपुरका साथै पूर्वी क्षेत्रका बासिन्दालाई काठमाडौं धाउनु नपर्ने गरी यहाँको सेवा सुविधा विस्तार गरिनेछ।
नगरप्रवक्ता तथा वडा नं. ७ का अध्यक्ष रवीन्द्र सापकोटाले शल्यक्रिया कक्ष समेत सञ्चालनमा आएको जानकारी दिँदै, गुणस्तरीय सेवा सुनिश्चित गर्न नगरपालिकाले आवश्यक बजेटको व्यवस्था गर्ने जनाउनुभयो।
चिकित्सकको आन्दोलनपछि पर्सामा एसपी हेरफेर, भट्टराई पुगे प्रमुखको जिम्मेवारीमा
बुधबार, साउन १३, २०८३
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत
बुधबार, साउन १३, २०८३
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
