नेपाल हेल्थ न्युज, काठमाडौं । युद्धग्रस्त यमनमा कारागारमा रहेका भारतीय नर्स निमिषा प्रिया आगामी जुलाई १६ मा फाँसी दिने तयारी भइरहेको छ। उहाँको जीवन बचाउन लागिपरेका सामाजिक अभियन्ताहरूले यस्तो जानकारी दिएका छन्।
निमिषामाथि स्थानीय नागरिक तथा उहाँका पूर्व साझेदार तलाल अब्दो महदीको हत्या गरेको अभियोगमा मृत्युदण्ड सुनाइएको थियो। सन् २०१७ मा महदीको शव पानीको ट्याङ्कीभित्र फेला परेको थियो, जसपछि निमिषालाई पक्राउ गरिएको थियो।
यो मुद्दा अहिले फेरि चर्चामा आएको छ, किनभने मृत्युदण्डको मिति अत्यन्त नजिक आइसकेको छ। यमनका अधिकारीहरूले भनेका छन् कि यदि पीडित पक्ष — महदीको परिवार — ले माफी दिएमा मात्र निमिषाको जीवन जोगिन सक्छ।
निमिषा समर्थकहरू र उहाँको परिवारले पीडित परिवारलाई १० लाख अमेरिकी डलर ब्लड मनी (क्षतिपूर्ति) स्वरूप दिने प्रस्ताव गरेका छन्। यदि माफी दिइयो भने, सो रकम दिन आफूहरू तयार रहेको उनीहरूले बताएका छन्।
हामी अझै पनि महदी परिवारको निर्णयको प्रतीक्षामा छौं, सेभ निमिषा प्रिया काउन्सिलका एक सदस्यले बताएउनुभएको छ। परिषद् सदस्य बाबु जोनका अनुसार, अभियोजन पक्षले कारागार प्रशासनलाई फाँसीको मिति जानकारी गराइसकेको छ। उहाँले भन्नुभयो, हामी अन्तिम क्षणसम्म प्रयास गरिरहेका छौं।
भारत सरकारको तर्फबाट विदेश मन्त्रालयले घटनाको विषयमा थप विवरण संकलन भइरहेको जनाएको छ। केरला राज्यकी निमिषा प्रिया सन् २००८ मा नर्सको रूपमा यमन पुग्नुभएको थियो। हाल उहाँँ सानास्थित केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहनुभएको छ।
प्राप्त जानकारी अनुसार, महदीको हत्या अत्यधिक शामक औषधि प्रयोग गरेर गरिएको आरोप छ। त्यसपछि उहाँको शवका टुक्रा फालिएको बताइएको छ। एजेन्सी
जनकपुरमा आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन अक्टोबर २–३ मा हुने
आइतबार, जेठ ३१, २०८३
काठमाडौं महानगरले साँघुरा सडकका लागि ‘बाइक एम्बुलेन्स’ सेवा ल्याउने तयारी
आइतबार, जेठ ३१, २०८३
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
आइतबार, जेठ ३१, २०८३
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३

