नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा दाबी मूल्यांकन गर्न करारमा नियुक्त गर्ने उद्देश्यले छनोट गरेका १८० मध्ये झन्डै १५० जना चिकित्सकहरूले नियुक्ति पत्र स्वीकृत गर्न अस्वीकार गरेका छन्।
चिकित्सकहरूले बोर्डले तोकेको कार्यभार अत्यन्त असहज र अव्यवहारिक भएको भन्दै असहमति जनाएका हुन्। उनीहरूका अनुसार, हरेक कार्यदिनमा ४०० वटा बीमा दाबी मूल्यांकन गर्नुपर्ने शर्त राखिएको छ। एक डाक्टरले बताएअनुसार, “७ घन्टाको कार्य समयभित्र ४०० दाबी हेर्नुपर्ने भनेको प्रायः प्रति मिनेट एक दाबी मूल्यांकन गर्नु पर्ने हो, जुन चिकित्सकीय हिसाबले यथार्थसम्मत छैन।”
बोर्डमा पुराना दाबीको थुप्रो हटाउने उद्देश्यले मेडिकल अफिसरहरू माग गरिएको थियो। तर, कामको प्रकृति हेर्दा, समयको सीमा र कार्यदबाब अत्यधिक भएको भन्दै अधिकांश चिकित्सकहरूले करारपत्रमा हस्ताक्षर गर्न मानेनन्।
चिकित्सकहरूका अनुसार, यदि तोकिएको संख्यामा दाबी मूल्यांकन हुन सकेन भने बाँकी दाबीहरू भोलिको कार्यमा थपिनेछ, जसले कामको चाप दिनानुदिन बढ्दै जान्छ। उनीहरूले यसप्रकारको कार्यविवरणमा श्रमको सम्मान र व्यावसायिक न्याय नभएको बताएका छन्।
चुनिएका केही चिकित्सकहरूले मात्र यो प्रस्ताव स्वीकार्ने संकेत गरेका छन्, भने बहुमतले मन्त्रालयसँग कार्यविवरण पुनरावलोकन गर्न अनुरोध गर्दै असहमति पत्र पेस गरेका छन्।
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
