नेपाल हेल्थ न्युज न्युज, बुद्धशान्ति, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक विशेष समारोहका बीच झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ मा नव निर्माण सम्पन्न भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्नुभएको छ।
१५ कठ्ठा जग्गामा १० शय्याको संरचना सहित निर्माण गरिएको उक्त अस्पताल रु ६ करोड ५० लाखको लागतमा सम्पन्न भएको हो। नेपालकै पहिलो महिला प्रधानपञ्च स्व. भागीरथा न्यौपानेको स्मृतिमा उहाँका सन्तानहरूले दान गरेको जग्गामा अस्पताल निर्माण गरिएको बुद्धशान्ति गाउँपालिका तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मनोज प्रसाईंले जानकारी दिनुभयो।
स्व. न्यौपाने तत्कालीन बुधवारे गाउँ पञ्चायतकी प्रधानपञ्च हुनुहुन्थ्यो । उहाँकै योगदानको सम्मानमा अस्पतालको नाम “भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल” राखिएको हो।
हाल अस्पतालमा एक जना एमडी, चार जना एमबीबीएस, र एक जना रेडियोलोजिस्ट सहित छ जना चिकित्सक कार्यरत छन्। तीमध्ये तीन जना एमबीबीएस चिकित्सक पालिकाले आफ्नै स्रोतबाट नियुक्त गरेको हो। अस्पतालमा अहिले बहिरङ्ग र अन्तरङ्ग सेवा सञ्चालनमा छन्। अस्पतालबाट सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, स्त्री तथा प्रसूति उपचार, शिशु तथा बाल स्वास्थ्य, सामान्य दन्त सेवा, प्राथमिक आँखा उपचार, प्रयोगशाला तथा फार्मेसी सुविधा, एक्स रे, मुटुको इको सेवा प्राप्त गर्न सकिन्छ । अध्यक्ष प्रसाईंका अनुसार, आगामी साउन १ गतेदेखि अस्पतालमा २४सै घण्टा उपचार सेवा र बर्थिङ सेवा पनि सुरु गरिनेछ।
जेष्ठ २६ गते बुद्धशान्ति गाउँपालिकाले भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि २०८२ राजपत्रमा प्रकाशित गरी लागू गरिसकेको छ। सो कार्यविधिअनुसार, पालिका अध्यक्ष नै अस्पताल व्यवस्थापन समितिको पदेन अध्यक्ष हुने व्यवस्था छ भने अस्पताल सञ्चालनका लागि छुट्टै कोषको पनि व्यवस्था गरिएको छ।
झापा र इलामको सिमानामा रहेको बुद्धशान्ति गाउँपालिकाको यो एक मात्र सरकारी अस्पताल हो। यस अस्पतालले बुद्धशान्तिका ५३ हजार जनतालाई सेवा पुर्याउनेछ भने दक्षिणी इलामबाट आउने सेवाग्राहीले समेत गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
