नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पूर्ण नगरवासीलाई समेट्ने गरी उच्चस्तरको, प्रविधिमैत्री र आधुनिक स्वास्थ्य सेवा प्रणालीको निर्माण गर्ने योजना अघि सारेको छ।
आइतबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममार्फत मेयर बालेन्द्र शाहले रोकथाममा केन्द्रित स्वास्थ्य कार्यक्रम, मानसिक स्वास्थ्यको सुदृढीकरण, पोषणको प्रवर्द्धन तथा आयुर्वेद चिकित्सा प्रणालीको उपयोगमा जोड दिइएको जानकारी दिनुभएको छ।
महानगरले स्वास्थ्य पूर्वाधार सुदृढ बनाउने, दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने र डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत सेवा सहज बनाउने नीति लिएको छ।
मनोरोग तथा पोषणसम्बन्धी कार्यक्रमलाई थप सशक्त बनाउँदै, सबैका लागि समावेशी र दीगो स्वास्थ्य प्रणाली तयार पार्ने उद्देश्यका साथ योजनाहरू कार्यान्वयन गरिनेछ। त्यसैगरी, परम्परागत चिकित्सा पद्धतिको संरक्षण र प्रवर्द्धन गर्दै आयुर्वेदिक चिकित्सालयको विकासमा विशेष प्राथमिकता दिइनेछ।
‘स्वस्थ शहर’ निर्माण गर्ने दीर्घकालीन लक्ष्यलाई मूर्त रूप दिनका लागि यो योजना मार्गदर्शक बन्ने अपेक्षा गरिएको मेयर शाहले उल्लेख गर्नुभएको छ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
