नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी, सहज र नागरिकमुखी बनाउने उद्देश्यले स्वास्थ्य बीमा बोर्डले देशभरका सबै स्थानीय तहहरूमा नयाँ पहिलो सेवा विन्दु थप गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि स्थानीय तहहरूले आफूअन्तर्गतका सेवा प्रदायक संस्थामध्ये कुन–कुन संस्थामा पहिलो सेवा विन्दु आवश्यक छ भन्ने विवरण पेस गर्न भनिएको छ।
यसअघि केही संघीय, विशेषज्ञ र विशिष्टीकृत अस्पतालहरूमा पहिलो सेवा विन्दुको रूपमा सेवा दिइँदै आएकोमा हालसालै सार्वजनिक गरिएको सूचीअनुसार अब ती अस्पतालहरूमा पहिलो सेवा विन्दु नरहने र केवल रिफर गर्ने केन्द्र मात्र रहने निर्णय भएको छ। यसले बीमित नागरिकहरूबीच अन्योलता र गुनासो बढेपछि बोर्डले स्थानीय तहकै स्वास्थ्य संस्थामार्फत सेवा विस्तार गर्ने निर्णय गरेको हो।
स्वास्थ्य बीमा ऐन, २०७४ को संशोधित व्यवस्थाअनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सेवा प्रदायक स्वास्थ्य संस्था अनिवार्य रूपमा हुनु पर्नेछ। सोहीअनुसार, स्थानीय तहहरूलाई आफूअन्तर्गतका आधारभूत अस्पताल वा प्राथमिक स्वास्थ्य केन्द्रहरूमध्ये कुन संस्थालाई पहिलो सेवा विन्दु बनाउन उपयुक्त हुन्छ भन्ने विवरण पेस गर्न अनुरोध गरिएको छ।
त्यस्तै, प्रस्ताव गरिएको सेवा विन्दुमा अहिले अपुग रहेका पूर्वाधार, जनशक्ति वा अन्य न्यूनतम आवश्यक मापदण्ड एक महिनाभित्रै पूरा गरिने स्पष्ट प्रतिबद्धता पनि पेश गर्न भनिएको छ।
स्वास्थ्य बीमा बोर्डले प्राप्त विवरण तथा प्रतिबद्धताको मूल्याङ्कन गरेर नयाँ पहिलो सेवा विन्दु थप गर्ने निर्णय गर्ने जनाएको छ। यस निर्णयबाट बीमित व्यक्तिहरूलाई सहज, सुलभ र नजिकैबाट नै गुणस्तरीय सेवा पाउने विश्वास लिइएको छ।

चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिग्रिएका हेमोडायलासिस मेसिन सञ्चालनमा
शुक्रबार, जेठ २९, २०८३

