नेपाल हेल्थ न्युज, काठमाडौं । आकस्मिक परिस्थितिमा प्रभावकारी प्राथमिक उपचार गर्न सकिने सीपहरूप्रति समुदायलाई सजग गराउने उद्देश्यले क्षेत्रपाटी क्लबले एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
क्लबले आइतबार काठमाडौँ महानगरपालिका–१७ स्थित बासिन्दा र वरपरका सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरूलाई लक्षित गर्दै प्राथमिक उपचार र सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) सम्बन्धी व्यवहारिक तालिमको आयोजना गरेको हो।
कार्यक्रममा प्रशिक्षक लक्ष्मण मालीले जीवन रक्षाका आधारभूत उपायहरूमाथि विस्तृत प्रशिक्षण दिनुभयो। उहाँले गम्भीर अवस्थामा परेका व्यक्तिलाई सिपिआर प्रविधिबाट कसरी बचाउन सकिन्छ भन्ने विषयमा व्यवहारिक अभ्याससहित सिकाउनु भएको थियो।
क्लबका अध्यक्ष गोपाल मालीका अनुसार आपतकालीन अवस्थामा सानातिना उपचार गर्न जानेकाले धेरैको ज्यान जोगाउन सकिने भएकाले यस्तो तालिम सञ्चालन गरिएको हो। कार्यक्रममा स्थानीय बासिन्दा, सामुदायिक विद्यालयका शिक्षकहरू लगायत उत्साहजनक सहभागिता रहेको थियो।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
