नेपाल हेल्थ न्युज,नेपालगन्ज । पश्चिम नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल, नेपालगन्जस्थित भेरी अस्पतालले स्वास्थ्य बिमा बोर्डबाट रकम नपाउँदा सेवा सञ्चालनमा समस्या देखिएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदीले आर्थिक वर्ष २०७८/७९ देखि हालसम्म १६ करोडभन्दा बढी बिमा रकम भुक्तानी नपाएको बताउनुभएको छ।
डा. सुवेदीका अनुसार, अस्पतालले बिरामीको सेवा शुल्क पछि स्वास्थ्य बिमा बोर्डबाट रकम फिर्ता पाउने गर्दछ, तर रकम ढिला आउँदा अस्पतालले आवश्यक औषधि, अक्सिजन, प्रयोगशाला सामग्री, डायलाइसिस तथा क्याथ ल्याबका रसायन खरिद गर्न सकिरहेको छैन। यसले अस्पतालको सेवा सञ्चालनमा गम्भीर असर पारेको छ।
अस्पतालले चालु आर्थिक वर्ष २०७८/७९ मा १९ करोड ७० लाख रुपैयाँ भुक्तानी पाउनुपर्ने थियो, तर अहिलेसम्म मात्र ३ करोड ७० लाख रुपैयाँ प्राप्त भएको छ। विगत वर्षको ९० लाखमध्ये ८१ लाख मात्र प्राप्त भएको छ भने बाँकी १६ करोड ९ लाख रुपैयाँ अझै बाँकी रहेको छ।
डा. सुवेदीले भन्नुभयो, “व्यापारी तथा सप्लायर्सलाई एक वर्षदेखि भुक्तानी गर्न नसक्दा अहिले १४ करोड रुपैयाँ तिर्न बाँकी छ, जसका कारण उधारो सामान उपलब्ध गराउन व्यापारीहरू असमर्थ छन्।”
भेरी अस्पताल विकास समितिका सदस्य डा. प्रसाद धितालले भन्नुभयो, “सरकारले अनिवार्य बनाएको स्वास्थ्य बिमामा रकम समयमा नपठाउँदा कार्यक्रमले अस्पतालका लागि समस्या निम्त्याएको छ। सरकारले भुक्तानी गर्न नसक्ने भए स्वास्थ्य बिमा कार्यक्रम हटाउनुपर्छ वा बोर्डले नियमित रुपमा रकम उपलब्ध गराउनु पर्दछ।” यस समस्या समाधान नपाउँदा अस्पतालको दैनिक सेवा सञ्चालन नै प्रभावित हुने जोखिम देखिएको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
