नेपाल हेल्थ न्युज, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १५औँ बैठकले आगामी आर्थिक वर्षका लागि तीन अर्ब १९ करोड ४६ लाख रुपैयाँको बजेट पारित गरेको छ।
प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. पारशकुमार आचार्यले बैठकमा आगामी वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो, जुन आवश्यक संशोधनसहित स्वीकृत गरिएको हो।
बैठकमा बोल्दै कुलपति ओलीले सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउन र बेरुजु व्यवस्थापनमा तीव्रता ल्याउन निर्देशन दिनुभयो। साथै, उहाँले समग्र विश्वविद्यालयहरूले नयाँ आर्थिक वर्ष सुरु हुनु अघि नै आगामी वर्षको बजेट तथा कार्यक्रम सिनेटमार्फत स्वीकृत गर्ने परम्परा निरन्तरता पाएकोमा सन्तोष व्यक्त गर्नुभयो।
प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

