नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत सञ्चालन भइरहेका प्रमाणपत्र तहका चिकित्सा शिक्षाका कार्यक्रमहरूको सिट संख्या निर्धारण गरेको छ। आयोगको २०औं बैठक बुधबार प्रधानमन्त्री निवास बालुटारमा सम्पन्न भयो, जसमा विभिन्न संस्थाहरूलाई सिट विनियोजनसम्बन्धी निर्णयहरू गरिएका छन्।
प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा, प्रस्तुत गरिएको अनुगमन तथा मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्णय गरिएको हो। हालसम्म आङ्गिक, गैर-नाफामूलक (प्रतिष्ठान र साझेदारी) तथा निजी तहमा रहेका २८५ वटा शिक्षण संस्थालाई सिट निर्धारण गरिएको छ।
बैठकमा मेडिकल कलेजहरूलाई पनि पीसीएल नर्सिङ कार्यक्रम सञ्चालनका लागि कानुनी सहजीकरण आवश्यक हुने विषयमा छलफल भएको थियो। साथै, स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूको शुल्क निर्धारणसम्बन्धी मापदण्ड तयार पार्न गठित कार्यदलको प्रतिवेदन पनि बैठकमा प्रस्तुत गरिएको छ।
उक्त प्रतिवेदन प्रधानमन्त्री ओलीलाई बुझाइएपछि, कार्यान्वयनको प्रस्ताव तयार गर्न आयोगका उपाध्यक्ष प्रा. डा. अञ्जनीकुमार झालाई जिम्मा दिइएको छ। बैठकले आयोगको आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोतमा आधारित कार्यक्रम र बजेट पनि स्वीकृत गरेको छ।
प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै चिकित्सा शिक्षा ऐन २०७५ मा आवश्यक संशोधनको तयारी गर्न निर्देशन दिनुभएको छ। साथै, शिक्षा क्षेत्रमा नियोजनको खाँचो औंल्याउँदै गुणस्तरमा जोड दिँदै सहजीकरण र विस्तारतर्फ जानुपर्ने बताएउनुभएको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
