नेपाल हेल्थ न्युज, नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जले पछिल्ला केही वर्षमा एक हजारभन्दा बढी बिरामीको घुँडासम्बन्धी जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। यसअघि यस्ता शल्यक्रियाका लागि बिरामीलाई काठमाडौँ वा भारत जानुपर्ने बाध्यता थियो, तर अहिले भेरी अस्पतालकै दक्ष चिकित्सक टोलीले ती सेवा उपलब्ध गराउँदै आइरहेका छन्।
भेरी अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. प्रकाश थापाका अनुसार, उहाँसहित डा. तीर्थेन्द्र खड्का र डा. शैयद सद्दामको समूहले घुँडाको प्रमुख नशा चुँडिने (जसलाई एसिल र पिसिएल भनिन्छ) समस्याको उपचार सफलतापूर्वक गर्दै आएका छन्।
उक्त अस्पतालका प्रमुख डा. निराजन सुवेदीले पछिल्लो तीन वर्षमा घुँडासम्बन्धी लिगामेन्ट चुँडिएका एक हजार एक सय एघार जनाको सफल शल्यक्रिया भएको जानकारी दिनुभयो। साथै, उहाँले अस्पताललाई विशेष सेवा दिने संस्थाका रूपमा विस्तार गर्न उपकरण र सेवाहरू थपिँदै गएको उल्लेख गर्नुभयो।
बाँके, बर्दिया, दाङ, कैलालीलगायतका जिल्लाबाट जटिल समस्यामा परेका बिरामीहरू अब काठमाडौँ वा भारत जानुपर्ने अवस्थाबाट क्रमशः मुक्त भइरहेका छन्। भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले पश्चिम क्षेत्रका सर्वसाधारणका लागि यो ठूलो उपलब्धि भएको बताउनुभयो।
हालै, नरैनापुर गाउँपालिका–२ का १८ वर्षे शैयद नुर आयानको घुँडाको दुईवटा नशा चुँडिएको अवस्थामा सफल उपचार गरिएको छ। करिब सोह्र दिनअघि मोटरसाइकल दुर्घटनामा घाइते भएका आयानको उपचार भेरी अस्पतालकै चिकित्सक समूहले गरेको हो।
आयानका पिता तथा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले नेपालगञ्जमै यस्तो जटिल उपचार सम्भव भएकोमा खुसी व्यक्त गर्दै यस क्षेत्रका बिरामीहरूका लागि यो निकै सुखद खबर भएको बताउनुभयो।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
