नेपाल हेल्थ न्युज, काठमाडौं । अबदेखि स्वास्थ्य बीमा गरेका नागरिकहरूले देशभरका ३७७ स्वास्थ्य संस्थाबाट प्रत्यक्ष रूपमा प्राथमिक स्वास्थ्य सेवा लिन सक्ने भएका छन्। स्वास्थ्य बीमा बोर्डले साउन महिनाबाट लागू हुने गरी यो सुविधा उपलब्ध गराउने जनाएको छ।
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, यसअघि केवल आफ्नो नजिकको सेवा केन्द्रबाट मात्रै प्रारम्भिक उपचार लिन सकिने व्यवस्था थियो। तर अब, बीमित व्यक्तिले आफूलाई सुविधा पर्ने जुनसुकै सूचीकृत अस्पतालमा गएर सेवा लिन सक्ने छन्।
उदाहरणका लागि, झापामा बसोबास गर्ने बीमितले कञ्चनपुरमा रहेका सूचीकृत सेवा केन्द्रबाट पनि उपचार सेवा लिन सक्ने छन्, मल्लले बताउनुभयो।
साथै, प्रारम्भिक उपचारपछि आवश्यक परेमा उनीहरूले ९८ वटा प्रेषण (रिफरल) केन्द्र अस्पतालहरूमा थप उपचार पाउने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो।
बोर्डले हालसम्म देशभर ९४ लाखभन्दा बढी जनतालाई स्वास्थ्य बीमाको दायरामा ल्याइसकेको छ। साथै, प्रत्येक स्थानीय तहमा कम्तीमा एकवटा प्राथमिक सेवा केन्द्र स्थापना गर्न अनुरोध गरिएको छ।
स्वास्थ्य बीमा कार्यक्रम सन् २०१५ (वि.सं. २०७२) सालदेखि कैलालीबाट सुरु गरिएको हो। यस कार्यक्रमले विशेषगरी आर्थिक रूपमा कमजोर वर्गका नागरिकहरूलाई सहज रूपमा उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।
सूचना अधिकारी मल्लले स्थानीय तहहरूलाई आफ्नो क्षेत्रभित्र कुन(कुन स्वास्थ्य संस्था प्राथमिक सेवा केन्द्रको रूपमा आवश्यक छन् भन्ने विवरण बोर्डलाई बुझाउन आग्रह गरेका गर्नुभएको छ, ताकि सेवा विस्तारलाई थप प्रभावकारी बनाउन सकियोस्।
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिग्रिएका हेमोडायलासिस मेसिन सञ्चालनमा
शुक्रबार, जेठ २९, २०८३

