नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा सहभागी नागरिकलाई बीमालेख समयमै नविकरण गर्न आग्रह गरिएको छ। स्वास्थ्य बीमा बोर्डले सोमबार सूचना जारी गर्दै स्वास्थ्य बीमा कार्यक्रम आबद्ध नागरिकको बीमालेख नविकरण गर्ने कार्यविधि, २०८२ लागू भइसकेकाले बीमा नविकरण तोकिएको म्यादभित्र गर्न आवश्यक रहेको जानकारी दिएको हो।
बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, नयाँ कार्यविधि कार्यान्वयनमा आइसकेकाले यो सूचना प्रकाशित गरिएको हो। तोकिएको समयमा नविकरण गरिएमा सह-भुक्तानी मा छुट सुविधा पनि उपलब्ध हुनेछ। बोर्डले सेवा लिन इच्छुक नागरिकलाई समयमै बीमा नवीकरण गरी निर्धारित सुविधा लिन आह्वान गरेको छ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

