नेपाल हेल्थ न्युज, काठमाडौं । भारतका उपराष्ट्रपति जगदीप धनखडले सोमबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ। ७४ वर्षीय धनखडको कार्यकाल अझै दुई वर्ष बाँकी भए पनि स्वास्थ्य अवस्था र चिकित्सकीय सल्लाहका आधारमा उहाँले पद त्याग गर्नुभएको हो।
उहाँको कार्यकाल आगामी सन् २०२७ को अगस्ट १० सम्म रहने तय थियो। राष्ट्रपति द्रौपदी मुर्मुलाई समर्पित राजीनामा पत्रमा उहाँले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै तत्काल लागू हुने गरी राजीनामा दिएको स्पष्ट गराउनुभयो ।
सन् २०२२ को अगस्ट ६ मा सम्पन्न उपराष्ट्रपति निर्वाचनमा एनडीएको तर्फबाट उम्मेदवारी दिनुभएका धनखडले विपक्षी उम्मेदवार मार्गरेट अल्वालाई पराजित गर्दै १४ औं उपराष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुभएको थियो।
हाल भारतमा संसदको वर्षे अधिवेशन, मनसुन सत्र, सञ्चालनमा रहेको बेला आएको राजीनामालाई असाधारण मानिएको छ। राज्यसभाको सभापति समेत हुने उपराष्ट्रपतिको भूमिकाबाट संसद सत्रकै बीचमा राजीनामा दिने धनखड पहिलो व्यक्ति बन्नुभएको छ।
जनकपुरमा आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन अक्टोबर २–३ मा हुने
आइतबार, जेठ ३१, २०८३
काठमाडौं महानगरले साँघुरा सडकका लागि ‘बाइक एम्बुलेन्स’ सेवा ल्याउने तयारी
आइतबार, जेठ ३१, २०८३
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
आइतबार, जेठ ३१, २०८३
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३

