नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघले सरकारले गरेका प्रतिबद्धताहरू अझैसम्म पूरा नगरेको भन्दै असन्तोष प्रकट गरेको छ। बुधबार संघले एक विज्ञप्ति प्रकाशित गर्दै विगतमा भएको सहमतिहरूलाई बेवास्ता गरिएको आरोप लगाएको छ र यदि तत्काल सुधार नभएमा थप कडा आन्दोलनमा उत्रनु पर्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ।
संघका महासचिव डा. सञ्जीव तिवारीले जारी गरेको विज्ञप्तिमा असार २४ गते प्रधानमन्त्रीको निर्देशनमा संघ र नेपाल सरकारबीच भएको तीन बुँदे सहमति अहिलेसम्म कार्यान्वयन नहुनु गम्भीर लापरबाही भएको जनाइएको छ।
सो सहमतिअनुसार एक साताभित्र कानुनी तथा नीतिगत सुधारका लागि कार्यदल गठन गरिनुपर्ने भए पनि हालसम्म त्यसतर्फ ठोस प्रगति नभएको उल्लेख गरिएको छ।
संघले कार्यदललाई निष्क्रिय ठहर गर्दै सरकारका वरिष्ठ अधिकारीहरूसँग भएका सहमतिहरू पनि खाली आश्वासनमा सीमित भएको आरोप लगाएको छ। यस्ता दोहोरिएका घटनाहरूले सरकारी विश्वसनीयता नै संकटमा पार्न सक्ने संघको भनाइ छ।
संगठनले सहमति यथाशीघ्र लागू गर्न सम्बन्धित निकायहरूलाई गम्भीर बन्न आग्रह गर्दै आफूहरूलाई फेरि आन्दोलनमा जान बाध्य पारिएमा यसपटकको आन्दोलन अझ कठोर हुने चेतावनी दिएको छ। संघले हालै उपभोक्ता अदालतद्वारा चिकित्सक र स्वास्थ्य संस्थामाथि गरिएका जरिवाना फैसलाहरूको पनि विरोध जनाउँदै ती निर्णय खारेज गर्न माग गर्दै आएको छ।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

