नेपाल हेल्थ न्युज, काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले नगर क्षेत्रभित्र रहेको एक अस्पतालको जग्गा फिर्ता गर्न संघीय सरकारको स्वास्थ्य मन्त्रालयमा आग्रह गर्नुभएको छ। उहाँले पठाएको पत्रमा प्रयोग गरिएको शब्दशैली भने सामान्य प्रशासनिक पत्राचारभन्दा फरक देखिएको छ।
साम्पाङको भनाइ अनुसार, धरान उपमहानगरले आफ्नै नगर अस्पताल निर्माण गर्ने योजना बनाइरहेको छ।
उक्त योजनाका लागि छाताचोकस्थित पुरानो अस्पताल क्षेत्रको जग्गा आवश्यक परेको र हाल त्यो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको उल्लेख गर्दै उहाँले जग्गा फिर्ता गरिनुपर्ने माग गर्नुभएको छ।
पत्रमा केही भावनात्मक र आलोचनात्मक अभिव्यक्ति पनि समेटिएका छन्। उहाले जग्गा कसरी अर्को संस्थामा गयो भन्ने विषयमा असन्तुष्टि जनाउँदै उक्त निर्णयप्रति आपत्ति जनाउनुभएको छ । उक्त पत्र साम्पाङले प्रधानमन्त्री कार्यालयलाई पनि जानकारीस्वरूप पठाउनुभएको छ।

घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
