नेपाल हेल्थ न्युज, काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले नगर क्षेत्रभित्र रहेको एक अस्पतालको जग्गा फिर्ता गर्न संघीय सरकारको स्वास्थ्य मन्त्रालयमा आग्रह गर्नुभएको छ। उहाँले पठाएको पत्रमा प्रयोग गरिएको शब्दशैली भने सामान्य प्रशासनिक पत्राचारभन्दा फरक देखिएको छ।
साम्पाङको भनाइ अनुसार, धरान उपमहानगरले आफ्नै नगर अस्पताल निर्माण गर्ने योजना बनाइरहेको छ।
उक्त योजनाका लागि छाताचोकस्थित पुरानो अस्पताल क्षेत्रको जग्गा आवश्यक परेको र हाल त्यो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको उल्लेख गर्दै उहाँले जग्गा फिर्ता गरिनुपर्ने माग गर्नुभएको छ।
पत्रमा केही भावनात्मक र आलोचनात्मक अभिव्यक्ति पनि समेटिएका छन्। उहाले जग्गा कसरी अर्को संस्थामा गयो भन्ने विषयमा असन्तुष्टि जनाउँदै उक्त निर्णयप्रति आपत्ति जनाउनुभएको छ । उक्त पत्र साम्पाङले प्रधानमन्त्री कार्यालयलाई पनि जानकारीस्वरूप पठाउनुभएको छ।

नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
