नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा करार अवधिमा नियुक्तिका लागि मेडिकल अधिकृत लिने प्रक्रिया सुरु गरेको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले २०८१ सालको चैत १६ गते सञ्चालन गरेको लिखित परीक्षामा सफल उम्मेदवारहरूलाई आवेदन दिन महानगरपालिकाले अनुरोध गरेको छ।
महानगरपालिकाले आज एक सूचना प्रकाशन गर्दै पास सूचीमा परेका इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र प्रशासन विभागमा निवेदन दिनुपर्ने जनाएको छ।
महानगरका स्वास्थ्य केन्द्रहरूमा कार्यरत अस्थायी दरबन्दी अन्तर्गत सेवा दिन मेडिकल अधिकृतहरू आवश्यक परेको जनाउँदै, आवेदन दिने उम्मेदवारहरूबाट योग्यताक्रमको आधारमा करार सम्झौता गरिने महानगरले स्पष्ट पारेको छ।
सफल उम्मेदवारहरूको नामावली काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट मा प्रकाशन गरिएको छ।

घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
