नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा करार अवधिमा नियुक्तिका लागि मेडिकल अधिकृत लिने प्रक्रिया सुरु गरेको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले २०८१ सालको चैत १६ गते सञ्चालन गरेको लिखित परीक्षामा सफल उम्मेदवारहरूलाई आवेदन दिन महानगरपालिकाले अनुरोध गरेको छ।
महानगरपालिकाले आज एक सूचना प्रकाशन गर्दै पास सूचीमा परेका इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र प्रशासन विभागमा निवेदन दिनुपर्ने जनाएको छ।
महानगरका स्वास्थ्य केन्द्रहरूमा कार्यरत अस्थायी दरबन्दी अन्तर्गत सेवा दिन मेडिकल अधिकृतहरू आवश्यक परेको जनाउँदै, आवेदन दिने उम्मेदवारहरूबाट योग्यताक्रमको आधारमा करार सम्झौता गरिने महानगरले स्पष्ट पारेको छ।
सफल उम्मेदवारहरूको नामावली काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट मा प्रकाशन गरिएको छ।

जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
