नेपाल हेल्थ न्युज, काठमाडौं । मिर्गौला सम्बन्धी समस्याबाट पीडित नागरिकहरूका लागि सरकारले उपचार खर्चमा विशेष सहायता प्रदान गर्ने निर्णय गरेको छ। नयाँ व्यवस्थाअनुसार मिर्गौला रोगीहरूले विभिन्न सरकारी कार्यक्रममार्फत अधिकतम ८ लाख ५० हजार रुपैयाँसम्मको सेवा सुविधा प्राप्त गर्न सक्नेछन्।
यस योजनाअन्तर्गत राष्ट्रिय मिर्गौला कार्यक्रममार्फत बिरामीलाई ५ लाख ५० हजार रुपैयाँसम्मको राहत प्रदान गरिनेछ। त्यसैगरी, कडा रोग उपचार सहायता कार्यक्रमबाट १ लाख रुपैयाँसम्मको थप सहयोग उपलब्ध हुनेछ।
साथै, स्वास्थ्य बीमा योजनामा सहभागी बिरामीहरूले २ लाख रुपैयाँसम्मको सेवा उपयोग गर्न पाउने व्यवस्था छ।
यस्ता सेवा लिनका लागि बिरामीले अनिवार्य रूपमा स्वास्थ्य बीमा कार्यक्रममा दर्ता हुनुपर्नेछ। साथै, अस्पताल र स्थानीय तहको सिफारिसका आधारमा मात्र सेवा प्राप्त गर्न सकिने बताइएको छ।
सरकारको भनाइ अनुसार, यो नयाँ सहुलियतले मिर्गौला डायलासिसदेखि लिएर अंग प्रत्यारोपणजस्ता जटिल उपचार प्रक्रियामा राहत पुर्याउनेछ। अस्पतालहरूलाई गम्भीर प्रकृतिका रोगीहरूलाई दोहोरो सहायता उपलब्ध गराउन पनि निर्देशन दिइएको छ, जसले उपचार प्रक्रिया थप सहज बनाउने विश्वास लिइएको छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
