नेपाल हेल्थ न्यूज, काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन) को नयाँ अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । सोमबार काठमाडौंमा सम्पन्न संघको वार्षिक साधारणसभाले उहाँलाई नयाँ कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो।
अध्यक्ष पदका लागि सुरुवात्मा दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको थियो। अधिकारीसँगै दीपक प्रसाद दाहालले उम्मेदवारी दिएका थिए। तर निर्वाचन अगावै दाहालले उम्मेदवारी फिर्ता लिएपछि अधिकारी सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभयो ।
१३ सदस्यीय नयाँ कार्यसमिति गठनका लागि सदस्य पदमा समेत सहमति भएको छ । सहमतिबाट प्रभात रुङ्गटा, पंकजकुमार तिवारी, शरदचन्द्र ओझा, ईश्वरकुमार भण्डारी, सुमितचन्द्र श्रेष्ठ र गिरीराज पाठक (गणेश) सदस्यमा छानिनुभएको छ । यस्तै शैलेश वैद्य, सजलराज रेग्मी, पृथ्वी राज भण्डारी, सन्तोष बराल र प्रवन दाहाल पनि सर्वसम्मत रुपमा सदस्य पदमा छानिएको उल्लेख छ ।
संघको नयाँ नेतृत्व चयनसँगै औषधि उद्योगसँग सम्बन्धित नीतिगत सुधार, उत्पादनस्तरमा आत्मनिर्भरताको लक्ष्य र बजार व्यवस्थापनमा पारदर्शिताको अपेक्षा गरिएको छ।
संघले नयाँ कार्यसमितिको औपचारिक घोषणा तथा कार्ययोजनाबारे सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर
बुधबार, साउन १३, २०८३
