नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा हालका वर्षहरूमा नसर्ने रोगहरू तीव्र रूपमा बढिरहेका छन्। नेपाल एनसिडी एलाइन्समा कार्यरत डा. मनिता प्याकुरेलका अनुसार, मुटु रोग, क्यान्सर र श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोगहरू प्रमुख रूपमा देखिन थालेका छन्।
उहाँका अनुसार, कुल नसर्ने रोगमध्ये ३० प्रतिशत मुटु रोग, ९ प्रतिशत क्यान्सर र १० प्रतिशत श्वासप्रश्वाससम्बन्धी रोग रहेका छन्।
सन् २०१० मा नेपालमा कुल मृत्युमध्ये ५१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगका कारण भएको थियो। यो संख्या सन् २०१४ मा ६० प्रतिशत, २०१६ मा ६६ प्रतिशत र सन् २०१९ मा झन् बढेर ७१.१ प्रतिशत पुगेको ग्लोबल बर्डेन अफ डिजिज को प्रतिवेदनले देखाएको छ।
नसर्ने रोगहरूको उपचार महँगो हुने भएकाले स्वास्थ्य क्षेत्रमा हुने कुल खर्चको ठूलो हिस्सा यिनै रोगहरूमा जाने गरेको छ।विश्वभर हरेक वर्ष करिब ४३ लाख मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ। विश्व स्वास्थ्य संगठन ले सन् २०५० सम्ममा मृत्यु गराउने प्रमुख पाँच कारणमा नसर्ने रोगहरू पर्ने अनुमान गरेको छ।
यी रोगहरू मुख्यतः धुम्रपान, सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थ भोजन, शारीरिक निष्क्रियता, मद्यपान तथा वायु प्रदूषणका कारण हुने गर्छन्।
स्वास्थ्य पत्रकार मञ्च नेपालका पूर्व अध्यक्ष रामप्रसाद न्यौपानेले नसर्ने रोगको रोकथाम र नियन्त्रण गर्न सरकार जतिकै भूमिका पत्रकारको हुने भएकाले नसर्ने रोगबारेमा समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । रासस
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
