नेपाल हेल्थ न्युज, काठमाडौं । क्यानडातर्फको सांगीतिक यात्रामा निस्कनै लाग्दा अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएका संगीतकार खेम सेन्चुरीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।
बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोर्डिङ पास लिएर जहाज चढ्ने तयारीमा रहेका बेला उहाँलाई पेट दुखेपछि तत्कालै प्राथमिक स्वास्थ्य परीक्षण गरियो। परीक्षणपछि थप उपचार आवश्यक देखिएपछि उहाँलाई एम्बुलेन्समार्फत सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएको थियो।
त्यहाँ गरिएको परीक्षणमा उहाँको शरीरमा पत्थरी देखिएको जानकारी दिँदै गीतकार नेत्र अर्यालले अस्पतालमै रहेका बेला जानकारी दिनुभएको छ।
सेन्चुरी नजिकका संगीतकर्मी शम्भु कुँवरका अनुसार अहिले उहाँको स्वास्थ्य स्थितिमा उल्लेखनीय सुधार आएको छ। सुरुमा शल्यक्रिया गर्नुपर्ने हुनसक्ने भनिए पनि अहिले अवस्था सामान्य रहेको छ। सम्भवतः आजै डिस्चार्ज हुनुनेछ, कुँवरले बताउँनुभयो।
सेन्चुरीको आगामी एक महिनाको सांगीतिक यात्रा क्यानडाबाट सुरु हुने तय थियो। यस यात्रामा इजरायल र अष्ट्रेलियाका कार्यक्रमहरू पनि रहेका छन्। यद्यपि, स्वास्थ्य कारण उहाँको उपस्थित सम्भव नभएको जनाइएको छ। तर, बाँकी कार्यक्रमहरूमा भने सहभागी हुने तयारी भइरहेको छ।
हाल खेम सेन्चुरी ‘भ्वाइस किड्स’ नेपाल संस्करणमा कोचका रूपमा संलग्न हुनुहुन्छ। उहाँ नेपाली सांगीतिक क्षेत्रमा सक्रिय र लोकप्रिय संगीतकारका रूपमा परिचित हुनुहुन्छ
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

