नेपाल हेल्थ न्युज, म्याग्दी । म्याग्दीमा रहेको प्रादेशिक अस्पताल बेनीले मिर्गौलाका बिरामीको डाइलाइसिस सेवाको अवधि बढाएको छ । यसअघि दैनिक दुई चरण (सिफ्ट) मा ‘डाइलाइसिस’ सञ्चालन गर्दै आएको अस्पतालले तीन घण्टा समय बढाएर तीन सिफ्ट बनाएको हो ।
अस्पतालका प्रमुख चिकित्सक ड. रविरञ्जन प्रधानले बिहान ७ बजेदेखि राति १० बजेसम्म डाइलाइसिस सेवा दिन थालिएको जानकारी दिनुभयो।
“यसअघि बिहान १०देखि राति १० बजेसम्म डाइलाइसिस सेवा सञ्चालन गर्दा ३० जनाले सेवा लिने गरेका थिए,” उहाँले भन्नुभयो, “सिफ्ट बढाएपछि हाल ३५ देखि ३७ जनाले डाइलाइसिसगर्न पाउनेभएका छन् ।”
थप जनशक्ति र उपकरण व्यवस्थापन गरेर प्रतिक्षामा रहेका थप पाँच जना मिर्गौलाका बिरामीलाई जिल्लामै डाइलाइसिस सेवा उपलब्ध गराउने प्रयासमा रहेको डा. प्रधानले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
