नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले सरकारले मेडिकल कलेजको सिट संख्या र शुल्क यथास्थितिमा नराखे कडा आन्दोलनको बाटो अपनाउने चेतावनी दिनुभएको छ।
एक सार्वजनिक विज्ञप्ति मार्फत डा. केसीले मेडिकल शिक्षा आयोग र सरकारलाई सिट संख्या तथा शुल्क नबढाउने अघिल्ला मागहरूलाई बेवास्ता गरिएकोप्रति गम्भीर आपत्ति जनाउनुभएको छ। उहाँले भन्नुभएको छ, हामीले पटक–पटक आग्रह गर्दा पनि आयोग र सरकार मेडिकल कलेजका सिट संख्या बढाउने तयारीमा लागेको खबरले हाम्रो ध्यान आकृष्ट गरेको छ।
उहाँले अघिल्लो सरकारलाई समेत स्मरण गराउँदै भन्नुभएको छ, कुनै पनि सिट नबढाउन र शुल्क यथावत राख्न फेरि एकपटक आग्रह गर्दछौं। अन्यथा हामी सत्याग्रहसहितको आन्दोलन गर्न बाध्य हुनेछौं।
त्यसैगरी, उहाँले चिकित्सा प्रतिष्ठान र विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको मापदण्ड समेटिएको कानुन छिटो पारित गर्न, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना गर्न र सरकारी स्वास्थ्य संस्थाहरूमा जनशक्ति अभाव सम्बोधन गर्न माग गर्नुभएको छ।
डा. केसीले विगतका सम्झौता कार्यान्वयन नभएको भन्दै त्यसको अविलम्ब पालना हुनुपर्ने पनि बताउनुभएको छ। साथै, सन् २०८५ देखि चिकित्सा शिक्षा नाफारहित बनाउने कानुनी प्रक्रिया अगाडि बढाउनुपर्ने माग समेत गर्नुभएको छ।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
