नेपाल हेल्थ न्युज, हेटौंडा । हेटौंडामा अवस्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी शैक्षिक सत्रदेखि एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने भएको छ। चिकित्सा शिक्षा आयोगको २१औं बोर्ड बैठकले प्रतिष्ठानलाई ५० सिटमा एमबीबीएस अध्यापन गर्न स्वीकृति दिएको हो।
प्रतिष्ठानका उपकुलपति प्रा. डा. प्रदीप ज्ञवालीका अनुसार, यसअघि एमडी एमएस तहमा आठ सिटमा अध्यापन हुँदै आएकोमा अब एमबीबीएस कार्यक्रम पनि प्रारम्भ गरिने तयारी भइरहेको छ।
उहाँले एमडीएमएसपछि एमबीबीएस सुरु गर्नु प्रतिष्ठानको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।
यसअघि प्रतिष्ठानमा बीपीएच, बीएससी नर्सिङ, बी फार्मा, र बीएमएलटी कार्यक्रमहरू सञ्चालनमा थिए। बीपीएच, बी फार्मा, र बीएमएलटी तीनै कार्यक्रममा २०–२० सिट रहेका छन् भने यस वर्षदेखि बीएससी नर्सिङको सिट संख्या २० बाट बढाएर ३० पुर्याइएको छ।
यसैबीच, पूर्वाञ्चल विश्वविद्यालयले पनि ५० सिटमा एमबीबीएस कार्यक्रम सञ्चालनको अनुमति पाएको छ।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
