नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको स्ट्रोकसम्बन्धी सम्मेलन आयोजना हुने भएको छ। नेपाल पक्षघात संघ र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त पहलमा साउन ३१ देखि भदौ १ गतेसम्म काठमाडौंमा हिमालयन इन्टरनेसनल स्ट्रोक सम्मेलन सञ्चालन हुने जानकारी गराइएको छ।
सम्मेलनमा नेपालसहित ११ विभिन्न राष्ट्रका विशेषज्ञहरूले आफ्नो अनुभव र अध्ययन प्रस्तुत गर्नेछन्। नेपाल पक्षघात संघका अध्यक्ष एवं वरिष्ठ स्नायु विशेषज्ञ डा. राजु पौडेलका अनुसार, सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गर्नुहुनेछ।
पहिलो दिनको वैज्ञानिक सत्रमा २८ जना अन्तर्राष्ट्रिय र ३२ जना राष्ट्रिय विज्ञहरूले स्वास्थ्य नीति, नयाँ अनुसन्धान तथा क्लिनिकल प्रविधिहरूबारे चर्चा गर्नेछन्। दोस्रो दिन कार्यशाला र व्यावहारिक तालिमहरू केन्द्रित हुनेछन्, जसमा स्ट्रोक पहिचान गर्ने स्केल अनुसन्धान विधि, थ्रोम्बोलाइसिस, मेकानिकल थ्रोम्बेक्टोमी, बोटोक्स थेरापी, मौखिक तथा पोस्टर प्रस्तुति लगायतका विषयवस्तु समेटिने छन्।
डा. पौडेलका अनुसार, सम्मेलनको मूल उद्देश्य नेपालमा स्ट्रोकसम्बन्धी यथार्थ चित्र प्रस्तुत गर्नु, जनचेतना अभिवृद्धि गर्नु र प्रदेशगत अवस्था उजागर गर्नु हो।
नेपाल स्ट्रोक प्रोजेक्टकी परियोजना प्रमुख तथा सम्मेलनकी सचिव डा. रचना नकर्मीले यो सम्मेलनले ज्ञान, सीप र सहकार्यको आदानप्रदानका लागि सशक्त प्लेटफर्मको भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।
यसैगरी, नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष डा. लेखजंग थापाले सम्मेलनले हिमालय क्षेत्रका देशहरूमा स्ट्रोकको रोकथाम, उपचार र अनुसन्धानलाई गति दिने अपेक्षा राखिएको बताउनुभयो। उहाँका अनुसार, यो सम्मेलन नेपालमा स्ट्रोकसम्बन्धी प्रयासहरूको दिशानिर्देशन गर्न माइलस्टोन सावित हुनेछ।
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, रोग नियन्त्रण महाशाखा, डब्लूएचओ नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, वर्ल्ड स्ट्रोक अर्गनाइजेसन, एसिया प्यासिफिक स्ट्रोक अर्गनाइजेसन र एन्जल इनिसिएटिभले सम्मेलनमा सहयोग गरेका छन्।
सम्मेलनमा सहभागी हुन वर्ल्ड स्ट्रोक अर्गनाइजेसनका वर्तमान अध्यक्ष डा. जयराज पाण्डियन, पूर्व अध्यक्ष प्रा. क्रेग एन्डरसन, युरोपियन स्ट्रोक अर्गनाइजेसनका प्रा. भालेरिया कासो, न्युजिल्यान्डकी प्रा. अन्ना रान्टा र एसिया प्यासिफिक स्ट्रोक अर्गनाइजेसनका पूर्व अध्यक्ष प्रा. ब्युन्ह वु युन लगायतका विज्ञहरूको आगमन हुने छ
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
