नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०२६ का लागि स्नातक तहको एकीकृत प्रवेश परीक्षासम्बन्धी तालिका सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको सूचनाअनुसार इच्छुक विद्यार्थीहरूले भदौ २ गते बिहान १० बजेदेखि भदौ २२ गते अपराह्न ५ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन्। यस अवधिमा आवेदन दिन छुट भएका विद्यार्थीहरूका लागि भदौ २२ पछि भदौ २९ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिने विशेष व्यवस्था गरिएको छ।
यस शैक्षिक सत्रको प्रवेश परीक्षा काठमाडौं उपत्यकाभित्रका विभिन्न परीक्षा केन्द्रहरूमा कार्तिक १५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने तय गरिएको छ। यद्यपि, परीक्षा केन्द्रहरूको विस्तृत विवरण आयोगले पछि सार्वजनिक गर्ने जनाएको छ।
परीक्षा कार्यक्रमअनुसार, कार्तिक १५ गते एमबीबीएसका लागि परीक्षा हुनेछ भने त्यसपछि क्रमशः कार्तिक १६ गते बीडीएस, कार्तिक १७ गते बीएस्सी नर्सिङ, मिडवाइफरी, बीएएसएलपी तथा बी पफ्र्युजन टेक्नोलोजी कार्यक्रमहरूका लागि परीक्षा सञ्चालन गरिनेछ।
यस्तै, कार्तिक १८ गते बीएएमएस, बीएनएस वा बीएमएस, बीएस्सी एमएलटी, बीएस्सी एमआईटी, बि फार्मा, बीएस्सी रेडियोथेरापी तथा बी अप्टोमेट्रीको परीक्षा हुने छ भने अन्तिम दिन अर्थात् कार्तिक १९ गते बीपीएच कार्यक्रमका लागि परीक्षा सञ्चालन गरिनेछ।
प्रत्येक प्रवेश परीक्षा २०० पूर्णाङ्कको हुनेछ र परीक्षाको समयावधि तीन घण्टा तोकिएको छ। एउटाभन्दा बढी कार्यक्रममा सहभागिता जनाउन चाहने विद्यार्थीहरूले परीक्षा तालिका नजुध्ने गरी आवेदन दिनुपर्नेछ, अन्यथा परीक्षा दिन नपाउने अवस्था सिर्जना हुन सक्छ। आवेदन शुल्कतर्फ, नेपाली विद्यार्थीका लागि चार हजार रुपैयाँ र विदेशी विद्यार्थीका लागि आठ हजार रुपैयाँ तोकिएको छ।
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
