नेपाल हेल्थ न्युज, नवलपरासी । बर्दघाट सुस्तापूर्व मा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस रोगका कारण एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ।
मध्यविन्दु नगरपालिका–१, पतवारीका ५२ वर्षीय पुरुषको यस रोगबाट मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्रै चार जनामा संक्रमण देखिएको हो, जसमा तीन जना उपचारपछि घर फर्किसकेका छन्।
कावासोती नगरपालिकाका वडा नं १, ३, र ६ का एक-एक जना गरी तीन जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितहरूमा दुई महिला र एक पुरुष रहेका छन्। प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब निरीक्षक डिल्लीराम तिवारीका अनुसार उनीहरू सबैको सफल उपचारपछि घर फर्काइएको छ। साथै, संक्रमितहरूको परिवारका पाँच जनाको नमूना संकलन गरी थप परीक्षणका लागि काठमाडौं पठाइएको छ।
जनस्वास्थ्य कार्यालयका अनुसार पछिल्ला केही वर्षयता जिल्लामा जापानिज इन्सेफ्लाइटिसका घटनामा वृद्धि देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा सात संक्रमितमध्ये पाँच जनाको मृत्यु भएको थियो। त्यसपछिका दुई वर्षमा भने संक्रमितको संख्या कम भएको देखिन्छ।
यस वर्ष रोग देखा परेपछि स्थानीय तहहरू जनचेतनामूलक अभियानमा सक्रिय भएको कार्यालयका प्रमुख शैलेन्द्रकुमार सिंहले बताउनुभयो। उहाँका अनुसार, जापानिज इन्सेफ्लाइटिस ‘क्युलेक्स’ जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ, जुन प्रायः साँझपख र राति सक्रिय हुन्छन्। यी लामखुट्टेहरू धानका खेत र जमेको पानीमा बढी फस्टाउँछन्, त्यसैले साउनदेखि असोज महिनासम्म संक्रमणको जोखिम उच्च हुन्छ।
प्रमुख सिंहका अनुसार अधिकांश संक्रमितमा सामान्य लक्षण देखिन्छ जस्तै: ज्वरो, टाउको दुखाइ, बान्ता, थकान, र घाँटीमा कडापन। तर, केही बिरामीमा अवस्था जटिल भएर दिमागमा असर गर्न सक्छ र मृत्यु समेत हुन सक्छ। छारे रोग, प्यारालाइसिस, र अचेत हुने अवस्था यस रोगका गम्भीर लक्षणमा पर्छन्।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर प्रत्येक वर्ष ५० हजारभन्दा बढी जापानिज इन्सेफ्लाइटिसस सङ्क्रमित हुने गरेको तथ्याङ्क रहेको छ । जसमध्ये १० देखि १५ हजार सङ्क्रमितको ज्यान समेत जाने गरेको छ ।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

