नेपाल हेल्थ न्युज, काठमाडौं । किशोरी तथा महिलाहरूको डिम्ब संकलन र भण्डारणको विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै सर्वोच्च अदालतमा एक रिट निवेदन दर्ता गरिएको छ।
बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक प्रालिले अवैध रूपमा किशोरीहरूको डिम्ब निकालेर त्यसको प्रयोग तथा वितरण गरेको भन्ने समाचार सार्वजनिक भएपछि यो विषय कानुनी उपचारको चरणमा पुगेको हो।
अधिवक्ता निरव ज्ञवाली र अंकिता त्रिपाठीले १ भदौमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र नेपाल प्रहरीसहितका निकायहरूलाई विपक्षी बनाउँदै रिट दर्ता गरेका हुन्।
रिटमा भनिएको छ, कानुनी प्रावधान नबनाइ महिलाहरू र किशोरीहरूबाट डिम्ब निकाल्नु र भण्डारण गर्नु उचित होइन। प्रजनन स्वास्थ्यसँग सम्बन्धित जोखिम र अधिकारको सन्तुलन कायम राख्न आवश्यक छ।
साथै, डिम्ब संकलनको कार्य मानव बेचबिखनसँग सम्बन्धित अपराधको दायरामा पर्न सक्ने भन्दै, दोषीहरूविरुद्ध आवश्यक कारबाहीको मागसमेत गरिएको छ। रिटमा अन्तिम निर्णय नआएसम्म सम्बन्धित पक्षहरूलाई अस्थायी रोक लगाउने अन्तरिम आदेश दिन पनि अनुरोध गरिएको छ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
