नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा सन् २०२५ भित्र हालसम्म जापानिज इन्सेफलाइटिसका कारण ११ जनाले ज्यान गुमाइसकेका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार देशभर ६३ जनामा संक्रमण पुष्टि भएको छ।
उहाँका अनुसार मृत्यु हुनेहरूमा चितवनका ३ जना र तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक एक जना परेका छन्। मृतकमध्ये एक जना ८ वर्षका, अर्का १७ वर्षका र बाँकी ४० वर्षभन्दा माथिका वयस्कहरू रहेका छन्।
डा. गौतमका अनुसार ३० प्रतिशत बिरामीले घरमै र २७ प्रतिशतले अस्पताल पुर्याउन नपाउँदै ज्यान गुमाएका छन्। गत वर्ष (२०२४) मा यो रोगका कारण २५ जनाको मृत्यु भएको थियो भने ८६ जनामा संक्रमण देखिएको थियो।
हालसम्म २४ जिल्लाका ५० वटा स्थानीय तहमा जापानिज इन्सेफलाइटिसको संक्रमण देखिएको छ। तीमध्ये २४ स्थानीय तहलाई उच्च जोखिममा राखिएको छ। यो रोग विशेषतः साउनदेखि कात्तिकसम्म बढी देखिने गरेको जनाइएको छ।
डा. गौतमका अनुसार नेपालमा हालसम्म ८२ प्रतिशत बालबालिकाले जापानिज इन्सेफलाइटिसविरुद्धको खोप लगाइसकेका छन्। तर खोप नलगाएकाहरूमा संक्रमणको दर धेरै देखिएको छ।
चिकित्सकहरूका अनुसार यो रोग क्युलेक्स नामक लामखुट्टेको टोकाइबाट सर्छ, जसले प्रायः साँझ र बिहानको झिसमिसे समयमा टोक्छ। धानबाली, दलदल वा पानी जम्ने स्थानहरू यस्ता लामखुट्टेका लागि उपयुक्त प्रजनन क्षेत्र हुन्, जसका कारण यस्ता स्थानमा जोखिम बढी हुने गर्दछ।
जापानिज इन्सेफलाइटिसले मस्तिष्कमा असर गर्ने भएकाले गम्भीर अवस्थामा पुगेमा मस्तिष्क सुन्निने, पक्षघात हुने, बेहोस हुने, कोमामा पुग्ने र मृत्यु समेत हुन सक्ने खतरा रहन्छ। डा. गौतमका अनुसार यो रोग सबै उमेर समूहमा देखिए पनि विशेषतः १५ वर्षमुनिका बालबालिकामा बढी देखिन्छ।
यो रोग संक्रमित सुँगुर, हाँस वा अन्य चराचुरुङ्गीलाई टोकेका लामखुट्टेबाट मानिसमा सर्ने हो। तर, यो रोग मानिसबाट मानिसमा भने सर्दैन।
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
