नेपाल हेल्थ न्युज, दाङ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले हालै सञ्चालन गरेको बेरुजु असुली अभियानअन्तर्गत करिब ५० लाख रुपैयाँ बराबरको रकम संकलन गर्न सफल भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट कुल ४९ लाख ६१ हजार ६७ रुपैयाँ असुली गरिएको हो। अभियानले सेवाग्राही र सेवाप्रदायकहरू दुबैबाट बाँकी रकम उठाउन प्राथमिकता दिएको मन्त्रालयले जनाएको छ।
प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुका अनुसार, बेरुजु फर्छ्यौट अभियानले प्रदेशभर स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउने विश्वास गरिएको छ। स्वास्थ्य संस्थाहरूलाई कडाइका साथ निर्देशन दिइएको छ, मन्त्री सारुले बताए, अभियानले सेवा प्रवाहमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न मद्दत पुर्याउनेछ।
स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठले पनि यस पहलले स्वास्थ्य सेवाको गुणस्तर र विश्वसनीयता वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन्।
मन्त्रालयले आम नागरिक तथा सेवा उपभोगकर्ताहरूलाई समयमा सेवा शुल्क तिर्न र अनावश्यक बेरुजु नराख्न आग्रह गर्दै सेवा लिनेदिने दुबै पक्षमा उत्तरदायित्व बोध हुनु आवश्यक रहेको उल्लेख गरेको छ।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
